• २५ कात्तिक २०८२, मङ्गलबार

मुगुमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

blog

दुर्घटनामा ज्यान गुमाएका चालक सुरेश रोकाया ।

सन्तोषी रावल

बाजुरा, कार्तिक २५ गते। गए राति मुगुमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बाजुराबाट हुम्लाको पिपलमुडामा रहेको विद्युतको सब स्टेसन जडानका लागि पोल ढुवानी गरिरहेको लु. ५ त. १२३७ नम्बरको ट्याक्टर दुर्घटनामा परेको थियो।

गए राति मुगुमा ट्याक्टर दुर्घटना हुँदा बाजुराका चालकको मृत्यु भएको हो। बाजुराबाट हुम्लाको पिपलमुडामा रहेको विद्युतको सब स्टेसन जडानका लागि पोल ढुवानी गरिरहेको लु. ५ त. १२३७ नम्बरको ट्याक्टर दुर्घटनामा परेको थियो।

सो ट्याक्टर मुगुको सोरु गाउँपालिकाको केन्द्रतर्फ जाँदै गरेको थियो। बाजुरा गौमुल गाउँपालिका–३ का अन्दाजी २४ वर्षीय सुरेश रोकायाको घटनास्थलमै मृत्यु भएको सोरुकोट प्रहरी चौकीका बलवीर लावडले जानकारी दिए।

विद्युत् पोल बोक्ने क्रममा उकालोमा ट्याक्टरको ‘ब्रेक फेल’ भएर करिब सात सय मिटर तल खस्दा चालक रोकायाको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा हुम्ला अदानचुली–२ का २८ वर्षीय रेशम भण्डारी घाइते हुनुभएको छ।

घाइतेलाई जिल्ला अस्पताल मुगु लगिएको छ। ट्याक्टरमा चालक रोकाया र भण्डारी दुई जनामात्र सवार रहेको लावडले बताए।