शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, कात्तिक ८ गते । हिन्दुहरूको दोस्रो ठुलो चाड तिहार सकिएसँगै छठ पर्वको रौनक सुरु भएको छ । सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने गरिन्छ । अहिले काठमाडौँ उपत्यकासहित तराई–मधेशमा छठको रौनक सुरु भएको छ । राजधानीको गौरीघाट, कमल पोखरी, कुपण्डोल, बोजेपोखरी लगायत क्षेत्रमा छठ पर्वको तयारी अन्तिम चरणमा पुगेको छ ।
छठ पूजाका लागि केरा, उखु, नरिवल लगायतका सामग्रीको आवश्यक पर्दछ । उपत्यकाको कुपन्डोल, कालीमाटी, बल्खु, तिनकुने र गौरीघाटका पसलहरूमा छठमा चाहिने सामग्री सजिलै पाउन सकिन्छ । लक्ष्मीपूजाको चार दिन अर्थात् कात्तिक शुक्लपक्षको चतुर्थी तिथिका दिनबाट छठपर्व विधिवत् रूपमा आरम्भ हुन्छ ।


















केशब गुरुङ
केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।