• २६ फागुन २०८२, मङ्गलबार

ललितपुर क्षेत्र नं २ मा खरेल निर्वाचित

blog

निर्वाचित भएपाछि पत्रकारसँग जगदीश खरेल । तस्बिर: केशब गुरुङ ।

पाटन (ललितपुर), फागुन २४ गते ।  ललितपुर क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदावर जगदीश खरेल भारी मतका साथ प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ ।

ललितपुर क्षेत्र नं २ को निर्वाचन अधिकृतका अनुसार खरेलले ३९ हजार ९४१  मत प्राप्त गरी विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमकृष्ण महर्जनले सात हजार ४२० मत प्राप्त गर्नुभएको छ । खरेलालाई ललितपुर क्षेत्र नं २ को निर्वाचन अधिकृत सम्झना सिम्खडा पुडासैनीले प्रमाण पत्र हस्तानतरण गर्नु भएको थियो ।


Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।