• २६ फागुन २०८२, मङ्गलबार

काठमाडौँमा बढ्यो वायु प्रदूषण (फोटो फिचर)

blog

वायु प्रदूषण बढेपछि स्वयम्भुबाट देखिएको काठमाडौंको दृश्य । तस्बिर: केशब गुरुङ ।

काठमाडौँ, फागुन २४ गते । काठमाडौँ उपत्यकाको वायु प्रदूषण बढ्न थालेको छ । पछिल्ला केही दिनयता मौसम धुम्मिदै जाँदा वायु प्रदूषण बढ्न थालको हो ।

एयर क्वालिटी इन्डेक्स (एक्युआई) अनुसार आज मध्याह्नसम्म काठमाडौँ उपत्यकाको वायु गुणस्तर सूचकाङ्क १८६ पुगेको छ । 

क्युआईको मापदण्ड अनुसार शून्यदेखि ५० सम्म ‘राम्रो’ मानिन्छ भने ५१ देखि १०० सम्म ‘सचेत रहनुपर्ने’ श्रेणीमा पर्दछ । त्यस्तै, १०१ देखि १५० ‘अस्वस्थ’ मानिन्छ ।


Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।