• २६ फागुन २०८२, मङ्गलबार

फुल्यो चेरी, बढ्यो सौन्दर्य (फोटो फिचर)

blog

चेरी फूलको रस चुस्न उडान भर्दै माहुरी । तस्बिर: केशब गुरुङ ।

काठमाडौँ, फागुन २६ गते । अहिले भृकुटीमण्डपको पार्कदेखि काठमाडौँ उपत्यका विभिन्न सडक छेउ थरीथरीका फूलले सुन्दर देखिएका छन् । वसन्त ऋतुको आगमनसँगै उपत्यकाका सडक किनारा र पार्क छेउछाउका बोटबिरुवामा नयाँ पालुवासँगै फूल फुल्न थालेपछि थप सुन्दरता बढेको छ ।

काठमाडौँमा फुल्ने यी फूललाई जापानी भाषामा ‘साकुरा’,  अङ्ग्रेजीमा ‘चेरी ब्लसम’ अनि नेपालीमा रैथाने पैँयू र आरुका नामले चिनिन्छ । उपत्यकामा ‘चेरी’ फूलले सौन्दर्य बढाएको छ । ढकमक्क फुलेका पैँयू र आरु प्रजातिका यी फूलहरूले वसन्त ऋतुलाई स्वागत गरिरहेको भान हुन्छ ।  


Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।