शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
भक्तिविलास पोखरेल
गाईघाट, वैशाख ६ गते । उदयपुरको चौदण्डीगढी नगरपालिका वडा ७ बेल्टार बजारमा आइतबार साझ एक बृद्धाले धारिलो हतियार प्रहार गरि छिमेकीको हत्या गरेका छन् ।
बेल्टार बजारको नगरपालिकका कार्यालय जाने रोड स्थित ओरालोका ७० वर्षीय रामप्रसाद राईले छुरी प्रहार गरि छिमेकी ६४ वर्षीय महाप्रसाद राईको हत्या गरेको प्रहरीले जनाएको छ ।
आपसि विवादमा रामप्रसादले महाप्रसादलाई छुरी प्रहार गरेका थिए । दाहिने छातिमा छुरी प्रहार गरिएका महाप्रसादलाई उपचारका लागि नगर अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषण गरेको प्रहरीले जनाएको छ ।
घटनाको थप विवरण आउन बाकि रहेको छ । छुरी प्रहार गरि छिमेकी हत्या गर्ने रामप्रसादलाई प्रहरीले नियन्त्रणमा लिईएको र थप अनुसन्धान अगाडि बडएको इलका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।