आज माघे सङ्क्रान्ति पर्व देशभर विभिन्न मुदायले फरक फरक कार्यक्रम गरेर मनाएका छन् ।
काठमाडौं उपत्यकामा बसोवास गर्ने मगर समुदायले भव्यताका साथ माघे सकराती मनाएका छन् । नेपाल मगर सङघले टुँडिखेलमा कार्यक्रमको आयोजना गरेर सकराती मनाएको हो ।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आजदेखि निर्वाचन प्रहरीको भर्ना खुलेपछि आवेदन दिनेको भिड लागेको छ ।
गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै मङ्गलबार ‘तमू ल्होसार’ मनाइरहेका छन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमू ल्होसार’ भनिएको हो ।
नेपाल पर्यटन बोर्डमा ड्रोनबाट खिचिएका तस्बिरको तीन दिने फोटो प्रदर्शनी आयोजना भएको छ।
तमू ल्होसारको अवसरमा प्रथम तमू फोटो प्रतियोगिताको आयोजना गरिएको छ।
नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनको पाँचौँ दिन आज बिहानदेखि मतदान सुरु भएको छ । अध्यक्ष पदका प्रत्याशीहरू केपी शर्मा ओली र ईश्वर पोखरेलले विद्युतीय भोटिङ मेसिनमा बिहानै मतदान गर्नुभएपछि बिहान ९ बजेदेखि मतदान प्रक्रिया सुरु भएको हो ।
नेकपा (एमाले) को महाधिवेशनस्थल भृकुटीमण्डपमा चुनावी चहल पहल बढिरहेको छ।
नेकपा (एमाले) को जारी ११ औं महाधिवेशनको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा चहलपहल बढेको छ । उम्मेद्वारहरुले आज ३ः३० बजेसम्म फाराम दर्ता गराउने समय निर्धारण गरिएको छ ।
प्रकृति पुजारी किराती समुदायको दोस्रो महत्त्वपूर्ण पर्व उधौलीको अवसरमा साकेला तथा चण्डी नाँच नाँचेको छन्।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा झाँकी प्रदर्शन गरिएको छ ।
नेकपा (एमाले) को ११ औँ महाधिवेशन उद्घाटनस्थल निर्माणको कार्य धमाधम भइरहेको छ।
‘जुनारको राजधानी’का रूपमा परिचित सिन्धुलीको गोलन्जोर गाउँपालिका–४ माझकुभिण्डेमा मंगलबारदेखि तीनदिने जुनार महोत्सव सुरु भएको छ।
मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज किरात समुदायले उँधौली पर्व मनाएका छन् ।
आज बाला चतुर्दशी अर्थात् शतबीज छर्ने दिन । हिन्दु धर्मावलम्बीहरूले मङ्सिरको कृष्ण पक्षको चतुर्दशीलाई विशेष रूपमा लिने गर्छन् ।