काठमाडौँ, वैशाख १८ गते । बल्खुस्थित सुकुम्बासी बस्तीमा शुक्रबार सुरक्षाकर्मीको बाल्को उपस्थितिमा डोजर चलाइएको छ । अधिकार क्षेत्र मिचेर बनाइएका संरचना हटाउने भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँले बुधबार नै सूचना निकालेर बस्ती खाली गर्न बिहीबार साँझसम्मको समय दिएको थियो ।
प्रशासनको सूचनापछि प्रभावित क्षेत्रका बासिन्दाहरूले धमाधम सामान सारेका थिए । यो क्रम आज बिहानसम्म पनि जारी छ।बस्ती भत्काउनका लागि ठुला डोजर (जेसीबी) तैनाथ गरिएको छ ।
काठमाडौँ उपत्यकाका अतिक्रमित तथा नदी किनारका सुकुम्बासी बस्ती खाली गराउने सरकारको अभियानअन्तर्गत आजदेखि दोस्रो चरणमा डोजर चलाइएको हो ।
यसैगरी, आजदेखि टेकुको वंशीघाट, शंखमूल, बुद्धनगर, बल्खु, कुलेश्वर, कपन, वसुन्धारा, गोंगबु, बालाजु, माछापोखरीलगायतको ठाउँमा अतिक्रमित जग्गा खाली गर्ने तयारी छ ।
पहिलो चरणमा सिनामंगलको गैरीगाउँ, शान्तिनगर, मनोहरा र थापाथली क्षेत्रका बस्ती खाली गरिसकिएको छ ।
















केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।