देवराम यादव
सप्तरी, कात्तिक ६ गते । सप्तरीको तिरहुत गाउँपालिका–५, लोहजाराद्वारा सञ्चालित प्रथम पचशिल्ड फुटबल प्रतियोगिता २०८२ को उपाधि प्रोग्रेसिभ युवा क्लब सप्तकोसी सप्तरीले हात पारेको छ ।
सरस्वती मावि लोहजाराको खेलमैदानमा बुधबार सम्पन्न फाइनल खेलमा सुन्दरपुर युवा क्लब उदयपुरलाई ट्राइबेकरमा पराजित गर्दै सप्तकोशीले उपाधि जितेको हो । फाइनल खेलमा उदयपुरलाई ५– ६ गोलान्तरले पराजित गर्दै सप्तकोशीले उपाधि कब्जा गरेको आयोजक समितिका दीलिपकुमार यादवले बताउनुभयो ।
खेलको पहिलो हापमा ७ औं मिनेटमा सुन्दरपुर उदयपुरका जर्सी नम्बर ७ का अनिश बस्नेतले १ गोल गर्दै टिमलाई अगाडि बढाए पनि दोस्रो हाफमा प्लान्टीको मौका पाएपछि खेलको १७ औं मिनेटमा सप्तकोशीका जर्सी नम्बर १९ का युवेन राईले गोलमा परिणत गरेपछि टिम बराबरी भएको थियो ।
दुबै टिमबिच कडा प्रतिस्पर्धा भएको निर्धारित ६० औ मिनेटको खेल अवधिमा बराबरी भएपछि ट्राइबेकरमा खेलको छिनोफानो गरिएको आयोजक समितिले जनाएको छ ।
प्लान्टीमा पाँच–पाँच गोल हान्ने मौका पाए पनि उदयपुरका खेलाडीले हानेको गोल पोलमा ठोक्किन पुगी गोल हुन नसक्दा उदयपुर ५–६ गोलान्तरले सप्तकोशी विजयी भएको आयोजकले जनाएको छ ।
तिरहुत गाउँपालिका–५ का वडाध्यक्ष रमानन्द चौधरीको अध्यक्षतामा आयोजित एक समारोहबिच प्रमुख अतिथि गाउँपालिका अध्यक्ष विजय कुमार यादव, वडाध्यक्षहरू संजिव नारायण यादव, बलराम यादव, जिल्ला खेलकुद विकास समितिका सीताराम चौधरी लगायतकाले विजेता तथा उपविजेता टिमलाई पुरस्कार वितरण गर्नुभयो ।
प्रतियगितामा विजेता टीमलाई नगद ५१ हजार र उपविजेता टिमलाई नगद २५ हजार नगद पुरस्कारसहित शिल्ड, कप, मेडल, प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी उदयपुरका जर्सी नम्बर ७ का अनिश बस्नेत घोषित भएका छन् ।
तिहार, छठ पर्वको अवसरमा आयोजित प्रतियोगितामा श्री श्री १०८ श्री ठाकुर बाबा युवा क्लब तिररहुत-५, लोहजरा, एमपी एफसी फुटबल क्लव तालिम केन्द्र राजविराज, तालतलैया फुटबल क्लब इटहरी सुनसरी, प्रोगेसिभ युवा क्लब सप्तकोशी नपा सप्तरी, एफसी फुटबल क्लब झुम्का सुनसरी, डिग्री फुटबल क्लब विराटनगर मोरङ्ग, सुन्दरपुर युवा क्लब उदयपु, वि एफसी युवा क्लब बेलडाँगी मोरङ्ग गरी ८ वटा टिम सहभागी थिए ।