• १९ वैशाख २०८३, शनिबार

भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ

blog

घरमा लुकाई छिपाई गरि राखेको अवस्थामा भेटिएका वडा सदस्य । तस्बिर : नन्द सिंह

नन्द सिंह

रलिङ हुम्ला, वैशाख १९ गते ।खार्पुनाथ गाउँपालिका -४ का वडा सदस्य ६३ वर्षीय मक्क बहादुर रोकाया भरुवा बन्दुक सहित पक्राउ पर्नु भएको छ ।

शनिबार वडा सदस्य रोकायाकै घरमा लुकाएर राखेको उक्त भरुवा बन्दुक प्रहरीले फेला पारेपछि बन्दुक सहित पक्राउ पर्नु भएको हो ।

रोकायाको घरमा  भरुवा बन्दुक १ थान, फलामको रटको गोली  १२ थान, ढुङगाको गोली  ७ थान,  सिल्भरको डिब्बामा रहेको धुलो जस्तो देखिने कालो रङको बारुद ११० ग्राम, शुद्ध तौल गर्दा ९० ग्राम रहेको, स्टेन लस स्टिल नाम लेखेको चक्कु एक थान लुकाई छिपाई राखेको अवस्थामा फेला पारेको प्रहरी नायब उपरीक्षक शंकर खड्काले जानकारी दिनुभयो ।

भरुवा बन्दुक सहित पक्राउ परेका वडा सदस्य (जनप्रतिनिधि) लाई शनिबार नै गाउँ बाटै पक्राउ गरेर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खड्काको भनाइ छ ।