शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
यज्ञप्रसाद सापकोटा
गुलरिया(बर्दिया), वैशाख १९ गते । बर्दियामा हाइस गाडीको ठक्करबाट आठ वर्षिय बालिकाको मृत्यु भएको छ ।
गुलरिया नेपालगञ्ज हुलाकी राजमार्ग सडक खण्डको लालपुर भन्ने स्थानमा हाइसले ठक्कर दिँदा सोही ठाउँकी नाजिया साँईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
गुलरिया देखि नेपागञ्ज तर्फ जाँदै गर्दा बालिकालाई ठक्कर दिएको थियो । घटना पछि प्रहरीले हाइस र हाइस चालक अर्जुनप्रसाद आदवलाई नियन्त्रणमा लिएको छ ।
स्थानीयकाअनुसार हाइस गुलरिया देखि नेपालगञ्जतर्फ तिव्र गतिमा गुडिरहेको थियो ।