शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
राधा लुइटेल
फिदिम, कात्तिक ८ गते । पाँचथरको फालेलुङ गाउँपालिकामा आगलागीमा परी एउटा घर जलेको छ । फालेलुङ–५, प्राङवुङका एलमान थाम्सुहाङको घर आगलागीमा परेको हो ।
आगोले भान्सा घर पनि जलेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी प्रमुख (डिएसपी) अनिषकुमार कर्णले बताउनुभयो । उहाँका अनुसार आगलागीका कारण थाम्सुहाङ परिवारको ५ लाख ६० हजार रुपियाँ बराबरको क्षति भएको छ ।
थाम्सुहाङको अन्नपात, लत्ताकपडा र घरभित्रका अन्य सामग्री जल्दा क्षति भएको प्रहरीले जनाएको छ । आगलागी पश्चात थाम्सुहाङ परिवारका १० जना सदस्य विस्थापित भएका छन । तत्कालका लागि उहाँहरूलाई आफन्तकहाँ राखिएको छ ।