• १४ वैशाख २०८३, सोमबार

सप्तरीमा आगलागीबाट सात लाखभन्दा बढीको क्षति

blog

विनय कर्ण

कल्याणपुर (सप्तरी), वैशाख १४ गते । सप्तरीको राजविराज नगरपालिका वडा नम्बर ६ स्थित एक घरमा आगलागी हुँदा सातलाख भन्दा बढीको क्षति भएको छ ।

स्थानीय सुदीप कुमार गुप्ताको घरमा आइतबार राती विद्युत् सर्ट भएर आगलागी हुँदा सातलाख ६० हजार मूल्य बराबरको धनमाल क्षति भएको हो ।

आगलागीबाट कोठाभित्र रहेका कपडा, सुन, चाँदी, नगद, फर्निचर तथा मोबाइलसहित करिब सात लाख ६० हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिनुभयो । 

प्रहरीका अनुसार करिब दुई लाख बराबरका कपडा, दुईलाख बराबरको १३ आना सुन, ३४ हजार बराबरको १७ आना चाँदी, एकलाख ५१ हजार नगद, एकलाख ५० हजार बराबरका फर्निचरका सामान तथा २५ हजार बराबरका ३ थान मोबाइल जलेर नष्ट भएको छ ।

स्थानीय बासिन्दा र नेपाल प्रहरीको संयुक्त प्रयासमा आगो पूर्ण रुपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।