• १४ वैशाख २०८३, सोमबार

किसानको स्याउ खेतीप्रति आकर्षण बढ्दो

blog

बाजुराका किसानले लगाएको स्याउ खेती । तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की

बाजुरा, वैशाख १४ गते । बाजुराका अधिकाशं किसानको स्याउ प्रति आकर्षण बढ्दो गएको छ । गाउँमा सडक सञ्जालको पहुँचमा नहुँदा पहिला यहाँका किसानको खासै स्याउ खेति प्रति चाँसो थिएन ।

गाउँ बस्ती सडक सञ्जालको पहुँचमा भएसँगै अहिले यहाँको उत्पादन स्याउ पनि देशका ठुला सहर बजारमा बिक्री हुन थालेपछि किसानको स्याउखेती प्रति आकृषण बढ्दो रहेको हो । 

बुढीनन्दा नगरपालिका–८ कृषक चक्रबहादुर कठायतले, “ स्याउ खेतीले जिविकोपार्जनमा सहज हुने देखिएकोे थालेको बताउनभुयो । उहाँले भन्नुभयो, “पहिला गाउँमा सडक थिएन । गाडी पनि आउँदैन थिए । अहिले गाउँ घरमा सडक पुगेपछि दिनानुदिन गाडी पनि घरको आगनमै आउ जाउ गर्न थालेका छन् । उत्पादन गरेको स्याउ पनि त्यसै गाडीमा राखेर बजार बिक्री गरेका छौ ।”

पहिला गाउँमा धान गहुँ जौ लगायतका अन्नबाली बढी लगाउँने गरेको भएपनि अहिले स्याउ खेतीले यहाँका स्थानीयको जिविकोपार्जनमा निकै सहज देखिएकोले त्यो जमिनमा अन्नबाली भन्दा प स्याउ खेती  बढी गर्ने गरेको कठायतले बताउनभुयो । 

जिल्लाको हिमाली, स्वामिकार्तिक खापर, जगनाथ, बुढीनन्दा, बडिमालिका, गौमुल, बुढीगङ्गा खप्तड छेडेदह लगायतका ठाउँमा स्याउ उत्पादन हुन्छ । बाजुराको सबैभन्दा बढि बडीमालिका ९ र १०को पाण्डुसैनमा स्याउ बढी उत्पादन हुने गर्छ । त्यसै गरी हिमाली स्वामिकार्तिक खापर र जगनाथमा स्याउ राम्रो फल्छ । त्यसै 

अहिले पछिल्लो समय जिल्लाको गौमुल र बडीमालिका र बुढीगङ्गा नगरपालिकामा समेत स्याउ उत्पादन हुने गरेको छ । अहिले यहाँका किसानले उत्पादन गरेको बाजुराको अर्गानिक स्याउ, देशका विभिन्न सहरमा पुग्ने गरेको छ । 

पहिला बाजुराको हिमाली, स्वामिकार्तिक, बुढीनन्दा, जगन्नाथमा मात्र स्याउ उत्पादन हुन्थ्यो । अहिले गौमुल र खप्तड छेडेदह गाउँपालिकामा पनि स्याउ फल्न थालेको छ । कृषि ज्ञान केन्द्र बाजुराको प्रमुख जसिराम साहनीले, बाजुरामा १७० हेक्टर जमिनमा स्याउ खेती हुने गरेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘‘पहिला बाजुरामा थोरै स्याउ उत्पादन हुने गथ्र्यो । त्यो स्याउ पनि कतै बिक्री नभएर त्यहाँका किसानले गाई गोरुलाई खुवाउथ्ये । अहिले जिल्लामा उत्पादन भएको अग्र्यानिक स्याउ कृषि ज्ञान केन्द्रको ढुवानी अनुदानमा देशका विभिन्न सहरमा बिक्री हुन्छ ।’’

पहिला लोकल स्याउ मात्र उत्पादन हुने गरेको बाजुरामा अहिले फुजी गाला र गोल्डेन जातको समेत स्याउ समेत उत्पादन हुने गरेको छ । गत वर्षमा यहाँ एक हजार २० मेट्रिकटन स्याउ उत्पादन भएको थियो । त्यसमा झण्डै ६ सय मेट्रिकटन स्याउ देशका विभिन्न सहरमा बिक्री गरेको कार्यालय प्रमुख साहनीले बताउनुभयो ।