गोरखापत्र अनलाइन
काठमाडौँ, वैशाख १४ गते । नेवार समुदायको साझा संस्था नेवाः देय् दबूको नवनिर्वाचित कार्यसमितिलाई नेवाः पत्रकार राष्ट्रिय दबूले स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
काठमाडौँको नयाँ बजारमा आयोजित उक्त कार्यक्रममा रश्मिला प्रजापति नेतृत्वको ४५ सदस्यीय कार्यसमितिमध्ये काठमाडौँमा उपलब्ध पदाधिकारी तथा सदस्यहरूको उपस्थिति थियो ।
कार्यक्रममा वक्ताहरूले नेवार समुदायको भाषा, संस्कृति तथा पहिचान संरक्षण र प्रवर्धनको साझा एजेन्डामा सहकार्य गर्न सकिनेमा जोड दिएका थिए । साथै, पत्रकारहरूको पेसागत संस्था स्वतन्त्र र स्वायत्त हुनुपर्ने माग राखेका थिए ।
कार्यक्रममा नेवाः देय् दबूले नेवार जाति, मातृभाषा, लिपि, संस्कृति संरक्षण, परम्परागत चाडपर्व, संस्कार र रीतिरिवाज जोगाउने कार्यमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । समुदायको अधिकार र पहिचानका लागि आवाज उठाउने तथा सामाजिक एकता र सहयोग अभिवृद्धि गर्ने काममा संस्था सक्रिय रहेको छ ।