• २० वैशाख २०८३, आइतबार

सिर्जना उत्सवमा तीन स्रष्टालाई सम्मान

blog

कार्यक्रममा सम्मानित स्रष्टाहरु ।

अर्जुन काफ्ले

स्याङ्जा, बैशाख २० गते । पुतलीबजार नगरपालिका –१ मा शिवकुमार अधिकारी स्मृति प्रतिष्ठान र स्याङजा साहित्य प्रतिष्ठानले आयोजित कृति लोकार्पण, स्रष्टा सम्मान तथा स्याङजा सिर्जना उत्सवमा तीन स्रष्टालाई सम्मान गरिएको छ । 

स्व शिवकुमार अधिकारीको ८६ औँ जन्मजयन्तीको सन्दर्भमा आयोजित कार्यक्रममा स्याङ्जाली गायक, रचनाकार तथा संगीतकार लोकनाथ सापकोटालाई पहिलो पटक मणिलोक साहित्य पुरस्कार, पत्रकार तथा साहित्यकार लक्ष्मण वियोगीलाई रजस्थल युवा प्रतिभा पुरस्कार सम्मान गरिएको हो । 

आँधीखोला –६ फापरथुममा जन्मनु भएका सापकोटालाई लोकगायन क्षेत्रमा पु¥याउनु भएको योगदानको उच्च मुल्याङकन गर्दै चुडामणि ढकालले स्थापना गरेको मणिलोक साहित्य पुरस्कारबाट सम्मान गरिएको हो । 

यस्तै, वालिङ–३ माझँकोटका वियोगीलाई साहित्य प्रतिष्ठानले त्रैमासिक साहित्कि पत्रिका रजस्थलेका श्रीबृद्धिका लागि पु¥याएको योगदानको मूल्याङकन गर्दै युवा प्रतिभा सम्मान प्रदान गरिएको हो । उहाँले उर्जा खबर सञ्चालन गर्नुभएको छ भने सत्यम कथा प्रकाशनमा ल्याउनुभएको वियोगीले २०७६ सालमा राष्ट्रिय कथा प्रतियोगितामा दोस्रो र २०७८ को राष्ट्रिय निबन्ध प्रतियोगिता प्रथम स्थान प्राप्त गर्नुभयो ।  

यस्तै, अधिकारी परिवारले स्थापना गरेको रुक्मागत यशोदा रुवेली साहित्य पुरस्कारबाट पर्वत कुस्माकी सरस्वती शर्मा जिज्ञासु सम्मानित हुनुभएको हो । सम्मानित तीनै जनालाई १५ हजार रुपियाँसहित दोसल्ला ओडाएर सम्मानपत्रले अग्रज साहित्यकार सरुभक्तले सम्मान गर्नुभयो ।  

कार्यक्रममा शिव कुमार अधिकारीद्धारा लिखीत ‘शिव कुमार अधिकारीका कविताहरु’

मरणोप्रान्त प्रकाशनमा ल्याइएको छ । शिवकुमार प्रतिष्ठानले प्रकाशनमा ल्याएको कविताहरु १२४ पृष्ठ र तीन खण्ड रहेको गरिएको प्रतिष्ठानका सचिव मिलन समीरले जानकारी दिनुभयो । 

कार्यक्रममा साहित्यकार विश्वप्रेम अधिकारी, चिन्तु गिरी, शम्भु अर्याल, टिकाराम वाग्ले, लक्ष्मी काफ्ले, लीलाम्बर ढुङगाना, कुमार राना, ढालबहादुर केसी, अनन्त अर्याल, परिश्वर न्यौपाने, मुनाल गोदार, मुनाल गोदार, बोधराज ढकाल, सुवोधकुमार अधिकारी, धु्रब शर्मा पंगेनी लगायतले कविता, गजल, हाइकु प्रस्तुत गर्नुभएको थियो ।