शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
भक्तपुर, वैशाख २१ गते । भक्तपुर नगरपालिका–५, आदर्शमा आज बा. ४ ख. ३१५६ नम्बरको टिप्परले ठक्कर दिँदा एक भारतीय नागरिकको मृत्यु भएको छ ।
टिप्परको ठक्करबाट पैदलयात्री ४३ वर्षीय भारतीय नागरिक विसुनदेव सहनीको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षण स्वरूप शर्माले जानकारी दिनुभयो ।
काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१०, ज्यामिरे घर भई बनेपा बस्दै आउनुभएका टिप्पर चालक ३६ वर्षीय श्यामकुमार तामाङलाई भने प्रहरीले पक्राउ गरी घटनाबारे थप अनुसन्धान सुरु गरेको उहाँले बताउनुभयो । रासस