• २१ वैशाख २०८३, सोमबार

मन्त्री चौधरीद्वारा निकुञ्जको अनुगमन

blog

मन्त्री गीता चौधरीलाई स्वागत गर्दै निकुञ्ज कर्मचारी । तस्बिर : मन्त्रीको सचिवालय

अविनाश चौधरी

धनगढी, वैशाख २१ गते । कृषि तथा पशुपक्षी विकास एवं वन तथा वातावरणमन्त्री गीता चौधरीले आज शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अनुगमन गर्नुभएको छ । 

निकुञ्जको वर्तमान अवस्थामा भइरहेको संरक्षण सम्बन्धी गतिविधिको बारेमा जानकारी लिनका लागि उहाँले अनुगमन गर्नुभएको हो ।

त्यस क्रममा मन्त्री चौधरीले मानव–वन्यजन्तुबिचको द्वन्द्व न्युनीकरणमा थप ध्यान दिन निकुञ्ज कर्मचारीलाई निर्देशन दिनुभयो । यसैगरी पर्यापर्यटनमार्फत जनताको आयआर्जनमा वृद्धि गर्नतर्फ पनि निकुञ्जले विशेष जोड दिन आवश्यक रहेको उहाँले औंल्याउनुभयो ।

 निकुञ्ज कार्यालय प्रमुख चन्द्रशेखर चौधरीले निकुञ्ज प्रशासनले मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण, वन्यजन्तुको बासस्थान व्यवस्थापन, चोरी सिकार नियन्त्रण, समस्याग्रस्त वन्यजन्तुको उद्धार लगायतका कार्यहरू प्रभावकारी ढङ्गले गरिरहेको जानकारी गराउनुभएको थियो ।