• २१ वैशाख २०८३, सोमबार

४३ लाख मूल्य बराबरको हुक्का भेपसहित एक जना पक्राउ

blog

छविलाल पाण्डेय

बुटवल, वैशाख २१ गते । जिल्ला प्रहरी कार्यालय रूपन्देहीले ४३ लाख २१ हजार पाँच सय रुपियाँ मूल्य बराबरको अवैध हुक्का भेपसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले बुटवल उपमहानगरपालिका कालिकानगरस्थित गोदामबाट पिङ्कु जयसवाललाई हुक्का भेपसहित नियन्त्रणमा लिइएको जानकारी दिनुभयो । 

प्रहरीका अनुसार बरामद गरिएका सामानहरूमा हुक्का भेप १५७ पिस, हुक्कामा प्रयोग हुने कोइला एक हजार ४२२ पिस, हुक्कामा प्रयोग हुने फ्लेवर ५५२ पिस, हुक्का सेट १६० पिस, हुक्का बेस ३३ पिस, हुक्काको एयर बलर ४५ पिस, हुक्काको पाइप ६ सय पिस, हुक्का प्लाउट एक सय पिस, हुक्का चिलिम सात सय पिस र हुक्का हिटर २२ पिस बरामद गरिएको छ ।

नियन्त्रणमा लिइएका जयसवाल र बरामद सामान थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।