• २२ वैशाख २०८३, मङ्गलबार

‘सङ्गठन नीतिले चल्छ’ : महानिरीक्षक

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख २२ गते । नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक (आइजिपी) नारायणदत्त पौडेलले सङ्गठन व्यक्तिले नभई नीतिले चल्ने स्पष्ट गर्नुभएको छ ।

सोमबार गृह मन्त्रालयमा आयोजित विशेष समारोहमा गृहसचिव राजकुमार श्रेष्ठबाट दज्र्यानी चिह्न ग्रहण गरेपछि मन्तव्य दिँदै आइजिपी पौडेलले सशस्त्र प्रहरी बल नेपाललाई नीतिगत, संस्थागत र प्रविधिमैत्री ढङ्गले अघि बढाइने बताउनुभयो । उहाँले सकल दर्जाको कल्याण, वृत्ति विकास र मानव संसाधन विकासलाई प्राथमिकतामा राख्दै आधुनिक प्रविधिको प्रयोगमार्फत नतिजामुखी कार्यशैली अपनाइने उल्लेख गर्नुभयो । उहाँले खुला सिमानाबाट हुन सक्ने चोरीतस्करी, सीमापार अपराध र विपत् व्यवस्थापनमा थप प्रभावकारी रूपमा सङ्गठनका गतिविधि अघि बढाइने बताउनुभयो । 

नेपाल सरकार मन्त्रीपरिषद्को वैशाख १४ गतेको निर्णय अनुसार पौडेल सशस्त्र प्रहरी महानिरीक्षकमा नियुक्त हुनुभएको हो । समारोहमा गृहसचिव श्रेष्ठले सङ्गठनभित्र पेसागत दक्षता अभिवृद्धि गर्दै सरुवा र बढुवालाई निष्पक्ष तथा अनुमानयोग्य बनाउन निर्देशन दिनुभयो ।