• २४ वैशाख २०८३, बिहिबार

सप्तरीमा फरार चार प्रतिवादीलाई अदालतमा बुझाइयो

blog

सप्तरी जिल्ला अदालत । तस्बिर : धीरेन्द्रप्रसाद साह

धीरेन्द्रप्रसाद साहराज

विराज, वैशाख २४ गते । सप्तरी प्रहरीले फरार चार जना प्रतिवादीलाई पक्राउ गरी अदालतमा बुझाइएको छ ।

फैसला कार्यान्वयनको क्रममा ठगी, आपराधिक उपद्रव र कुटपिट मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय सुनाइएपछि फरार रहेका चार जना प्रतिवादीलाई पक्राउ गरी अदालतमा बुझाएको हो ।

पक्राउ पर्नेमा ठगी मुद्दामा एक वर्ष कैद र १० हजार रुपियाँ जरिवाना पाएका जिल्लाको तिरहुत गाउँपालिका–५ का दुर्गानन्द झा उर्फ “गुड्डु” रहेका छन् ।

यस्तै, आपराधिक उपद्रव मुद्दामा दुई महिना कैद तथा पाँच हजार रुपियाँ जरिवाना सजाय पाएका राजविराज नगरपालिका–११ का अमरेन्द्रप्रसाद यादवलाई पनि पक्राउ गरिएको प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार कुटपिट मुद्दामा जनही दुई, दुई महिना कैद तथा पाँच, पाँच हजार रुपियाँ जरिवाना पाएका राजविराज नगरपालिका–६ का देवकुमार मण्डल र दिपेन्द्र मण्डल पक्राउ परेका छन ।

जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले सप्तरी जिल्ला अदालत राजविराजबाट सजाय फैसला भएका चारै जना प्रतिवादीलाई पक्राउ गरेर बिहीबार अदालतमा दाखिला गरिएको प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो ।