शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
सुजल श्रेष्ठ
प्यूठान, वैशाख २६ गते । प्यूठानको गौमुखी गाउँपालिका–४ पुँजा लिवासे नजिक मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ । गौमुखी गाउँपालिका–१ अर्तुवाङ निवासी करिब २५ वर्षीय हेमराज मगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल र उहाँको शव सडकबाट तल खोलामा शनिबार बिहान फेला परेको थियो । मगर गौमुखी गाउँपालिका–५ ठुलावेशीस्थित आँखा उपचार केन्द्रमा कार्यरत रहेको बताइएको छ ।
उनी शुक्रबार साँझ घर फर्कने क्रममा दुर्घटनामा परेको प्रारम्भिक अनुमान गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।