• ३ वैशाख २०८३, बिहिबार

‘यःमां’ म्यूजिक भिडियोको लोकार्पण

blog

म्युजिक भिडियोको एक दृष्य । तस्बिरः मनोजरत्न शाही

गोरखापत्र अनलाइन

काठमाडौँ, वैशाख ३ गते । गायक तथा सङ्गीतकार ईश्वर अमात्यले कुशेऔंसीको पूर्वसन्ध्यामा यःमा बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । वरिष्ठ सिने पत्रकार विजयरत्न असंबरेको प्रमुख आतिथ्यतामा सिटी सेन्टरको फुड कोर्टमा आज बिहीबार सार्वजनिक गरिएको हो।

आमाको सङ्घर्षको परिधिमा तयार भएको म्यूजिक भिडियोमा सुजना बज्राचार्यले प्रमुख भूमिका निर्वाह गर्नुभएको छ । बाल कलाकारमा समाइरा खड्गीले खेल्नुभएको छ।

ईश्वर अमात्यको सङ्गीतमा तयार भएको उक्त गीतको शब्द कृष्णबहादुर नापित त्रिशुलीले रच्नुभएको भने सङ्गीत संयोजन सुरेन्द्र श्रेष्ठको रहेको उक्त गीतलाई जोश्ना अमात्यले स्वर दिनुभएको छ । 

म्यूजिक भिडियोमाथि समीक्षा गर्नुहुदैँ वरिष्ठ पत्रकार विजयरत्न असंबरेले म्यूजिक भिडियो भने चित्रलाई मात्र पदार्पण गर्नु होइन, गीत भावना र दर्शकको मनसम्म पुग्न सक्नुपर्छ, भन्नुभयो ।

यस भिडियोमा गीतको भावना र एक महिलाको सङ्घर्षलाई सन्तुलित रूपमा पदार्पण गर्न सफल भएकोमा म्यूजिक भिडियोका टिम धन्यवादको पात्र भएको पनि बताउनुभयो । दर्जनभन्दा बढी निर्देशन गरिसकेका निर्देशकले यसमा आफनो कुशलता प्रस्तुत गरेको बताउदैँ कथा अनुसार दृश्य कैद गर्न छायाँकारको मिहिनत रहेको र सम्पादन पक्ष सवल रहेको बताउनुभयो ।

उजय शाही प्रोडक्सन म्यानेजर रहेको यस गीत दर्शनवीर शाक्यको परिकल्पना र निर्देशनमा तयार भएको म्यूजिक भिडियोको छायाङ्कन र सम्पादन मनोजरत्न शाहीले गर्नुभएको हो ।