• ३ वैशाख २०८३, बिहिबार

आर्सनल र बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा

blog

गोल गरेपछि खुसी मनाउँदै बायर्न म्युनिखका खेलाडी । तस्बिर : एपी/रासस

काठमाडौँ, वैशाख ३ गते । आर्सनल र बायर्न म्युनिख युरोपियन च्याम्पियन्स लिग फुटबलको सेमी फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको दोस्रो लेगमा आर्सनलले पोर्चुगिज क्लब स्पोर्टिङ लिसबनलाई गोलरहित बराबरीमा रोक्दै सेमी फाइनलमा पुगेको हो ।

आर्सनल पहिलो लेगमा जितेको १–० गोलको समग्र स्कोरमा विजयी भयो । सेमी फाइनलमा आर्सनलले एट्लेटिको मड्रिडसँग खेल्ने छ ।

यस्तै बायर्न म्युनिखले रियल म्याड्रिडलाई ४–३ गोलले हरायो । बायर्न समग्रमा ६–४ गोलले विजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।

सेमिफाइनलमा बायर्नले साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी)सँग प्रतिस्पर्धा गर्ने छ । एजेन्सी