शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, वैशाख ३ गते । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासङ्घ (एनआइटिएफ)को आयोजनामा २५औँ आइटिएफ तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा एकल स्पाइरिङ, एकल प्याटर्न, ग्रुप स्पाइरिङ, ग्रुप प्याटर्न र सेल्फ डिफेन्स गरी ५ विधामा प्रतिस्पर्धा हुने आयोजक महासङ्घका अध्यक्ष प्रवीणकुमार कार्कीले जानकारी दिनुभयो ।
कूल ३३ स्वर्ण, ३३ रजत र ६६ कांस्य पदकका लागि भिडन्त हुने दुई दिने प्रतियोगितामा सातै प्रदेश, नेपाल आर्मी र एपिएफ गरी नौ टोलीबाट ती सय खेलाडीको सहभागिता रहने छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने दुवै प्रतियोगिता सञ्चालन गर्न करिब २५ लाख रुपियाँ खर्च हुने आयोजकले जनाएको छ ।