कञ्चनपुर–२ मा महिला मतदाता धेरै, उम्मेदवार एक मात्र
आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–२ बाट मत खसाल्ने महिला मतदाताको सङ्ख्या तुलनात्मकरुपमा बढी रहेको छ । ३० वडा रहेका क्षेत्र नम्बर २ मा एक लाख नौ हजार ५७४ मतदाता छन् ।
सप्तरीमा १०२ उम्मेदवार, दलको टिकटमा सात महिला
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सप्तरीको चारवटा निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ सात जना महिला राजनीतिकदलको टिकट लिएर उम्मेदवार बन्नुभएको छ ।
आफ्नै चुनाव चिह्नमा मत खसाल्दै एमाले र कांग्रेस
चितवनको निर्वाचन क्षेत्र नं. ३ मा प्रमुख राजनीतिक दल नेकपा (एमाले) र कांग्रेसले १२ वर्षपछि आफ्नै चुनाव चिह्नमा मतदान गर्न पाउने भएका छन् । प्रतिनिधि सभा निर्वाचनमा–२०७० मा आफ्नै चुनाव चिह्नमा मतदान गरेका यहाँका मतदाताले २०८२ फागुनमा हुने निर्वाचनमा आआफ्नै निर्वाचन चिह्नमा मतदान गर्न पाउने भएका हुन् । २०७० मङ्सिर ४ मा सम्पन्न दोस्रो संविधान सभा निर्वाचनमा तत्कालीन नेपाली कांग्रेसका सभापति सुशील कोइराला निर्वाचित हुनुभएको थियो । अघिल्लो पटक बाँकेबाट पराजित भएपछि जित्ने ठाउँ खोज्दै कोइराला चितवन–४ आउनुभयो । त्यस समयमा चितवनमा पाँच वटा निर्वाचन क्षेत्र थियो ।
नेपाली कांग्रेस बन्यो ठुलो दल
सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाको सबैभन्दा ठुलो दल नेपाली कांग्रेस बनेको छ । यसअघि नेकपा (माओवादी केन्द्र) सबैभन्दा ठुलो दल थियो । १७ जना सदस्य हुँदा सबैभन्दा ठुलो दल बनेको माओवादी केन्द्रले नेकपा (एकीकृत समाजवादी) सँग एकता गरेपछि बनेको नेपाली कम्युनिस्ट पार्टीका सदस्य सङ्ख्या राष्ट्रिय सभामा २५ पुगेको थियो तर राष्ट्रिय सभाको आइतबार सम्पन्न एक तिहाइ सदस्यको निर्वाचनको मतपरिणामले सभामा दलको हैसियत बदलेको छ ।
एक मतदान केन्द्र नौ कर्मचारी
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले पाँच सयभन्दा बढी मतदाता भएका मतदान केन्द्रमा नौ जना निजामती कर्मचारी खटाउने गरी कर्मचारी व्यवस्थापन गरिरहेको छ ।
चुनावी मैदानमा नौ दलित
आगामी प्रतिनिधि सभाको निर्वाचनमा प्रमुख चार दल नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट जम्मा नौ जना दलित समुदायका व्यक्ति प्रत्यक्षतर्फको चुनावी मैदानमा उत्रिएका छन् ।
यी हुन् राष्ट्रिय सभाका १८ नयाँ सदस्य
आइतबार देशका सातै प्रदेशमा सम्पन्न भएको राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (एमाले) जसपा गठनबन्धनका १८ उम्मेदवार विजयी बन्नुभएको छ। ६ प्रदेशमा एमाले र कांग्रेसले गठबन्धन गर्दा मधेश कांग्रेसमा जसपा समेटिएको छ ।
मधेश प्रदेशमा कांग्रेस, एमाले र जसपा गठबन्धनका उम्मेदवार विजयी
राष्ट्रिय सभा सदस्य निर्वाचन अन्र्तगत मधेश प्रदेशमा चार सिटका लागि आइतबार भएको मतदानको मतगणनाको परिणाम अनुसार नेपाली कांग्रेस, नेकपा (एमाले) र जसपा नेपालबिच भएको गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ।
बागमतीबाट राष्ट्रिय सभा सदस्यमा देवकोटा र दङ्गाल विजयी
राष्ट्रिय सभा निर्वाचन २०८२ अन्तर्गत बागमती प्रदेशबाट नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ ।
सुदूरपश्चिमबाट खाती र भण्डारी निर्वाचित
राष्ट्रिय सभा सदस्यमा सुदूरपश्चिम प्रदेशबाट नेकपा (एमाले) का लीला भण्डारी र नेपाली काङ्ग्रेसका खम्मबहादुर खाती निर्वाचित हुनुभएको छ।
गण्डकीबाट राष्ट्रिय सभामा देवकोटा र तिमिल्सिना विजयी
राष्ट्रियसभा निर्वाचनमा गण्डकी प्रदेशबाट नेपाली कांग्रेसका उम्मेदवार जगत तिमिल्सिना र नेकपा (एमाले) की उम्मेदवार सम्झना देवकोटा निर्वाचित हुनुभएको छ ।
राष्ट्रियसभा सदस्यमा कर्णालीबाट शाही र रखाल
राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आइतबार कर्णाली प्रदेशमा भएको मतदानमा नेपाली कांग्रेसका उम्मेदवार ललितजङ्ग शाही र नेकपा (एमाले) का उम्मेदवार मिनासिंह रखाल बिजयी हुनुभएको छ ।
राष्ट्रिय सभा निर्वाचनः कोशीबाट एमालेका दुई र कांग्रेसका एक सदस्य निर्वाचित
कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचनमा दलित र महिला समूहबाट नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनका उम्मेदवार निर्वाचित हुनुभएको छ ।
राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा कांग्रेस र एमालेका उम्मेदवार विजयी
राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनी प्रदेशबाट नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्।
राष्ट्रिय सभा निर्वाचन : ९५.६८ प्रतिशत मतदान
राष्ट्रिय सभा सदस्य निर्वाचनमा ९५.६८ प्रतिशत मतदान भएको छ ।
राष्ट्रिय सभा निर्वाचन : कोशी प्रदेशमा १४ मतदाता अनुपस्थित
राष्ट्रिय सभा सदस्य पदका लागि आइतबार भएको निर्वाचनमा कोशी प्रदेशका पाँच जना सांसद र नौ जना स्थानीय तहका पदाधिकारीसहित १४ जना मतदानमा अनुपस्थित भएका छन् ।
मधेश प्रदेशमा राष्ट्रिय सभा निर्वाचन सम्पन्न : ३४१ जनाले मतदान गर्दा २३ अनुपस्थित
राष्ट्रिय सभा सदस्य निर्वाचन अन्र्तगत मधेश प्रदेशमा चार सिटका लागि मतदान सम्पन्न भएको छ।
चुनावको तयारी तीव्र : चार सुरक्षा संयन्त्र एकसाथ परिचालन गर्दै निर्वाचन आयोग
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि निर्वाचन आयोगमा संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) स्थापना गरी आजदेखि सञ्चालनमा ल्याइएको छ ।
राष्ट्रिय सभा निर्वाचन : सुदूरपश्चिममा दुई सय २० मत खस्यो
दुई जना प्रदेश सभा सदस्य चयनका लागि सुदूरपश्चिम प्रदेशमा आज भएको निर्वाचनमा २२० मत खसेको छ ।
लुम्बिनी प्रदेशः राष्ट्रिय सभा निर्वाचनको मतगणना सुरु
लुम्बिनी प्रदेशको राष्ट्रिय सभा सदस्य निर्वाचनको मतगणना सुरू भएको छ। दाङको घोराही–१५ स्थित कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजेदेखि सुरू भएको मतदान दिउँसो ३ बजे सम्पन्न भएको थियो ।
राष्ट्रियसभा सदस्य निर्वाचन : लुम्बिनीमा २८६ जनाले गरे मतदान
लुम्बिनी प्रदेशको राष्ट्रिय सभा सदस्य चयनका लागि दुई सय ८६ जनाले मतदान गर्नुभएको छ । घोराही उपमहानगरपालिका–१५ स्थित कर्मचारी मिलन केन्द्रमा भएको मतदानमा प्रदेशसभा सदस्यतर्फ ७८ जना र स्थानीय तहतर्फ दुई सय आठ जनाले मतदान गर्नुभएको हो ।
गण्डकीमा २२३ द्वारा मतदान, तीन अनुपस्थित
राष्ट्रिय सभा सदस्यको आइतबार भएको मतदानमा गण्डकी प्रदेशमा दुई सय २३ जनाले मतदान गर्नुभएको छ। स्थानीय तहका प्रमुख÷उपप्रमुख गरी एक सय ६६ जना र प्रदेशसभाका ५७ जनाले मत हाल्नुभएको हो।
पार्टीका उपत्यकाभित्रका उम्मेदवारसँग साहले गर्नुभयो छलफल
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनबारे पार्टीका उम्मेदवारसँग रणनीतिक छलफल गर्नुभएको छ।
सामाजिक सञ्जालमा भ्रम छर्नेलाई कानुनी दायरामा ल्याउन आदेश कुर्नु पर्दैनः गृहमन्त्री अर्याल
गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधि सभा सदस्यको निर्वाचन मर्यादित बनाउन साइबर ब्युरोको भूमिका महत्त्वपूर्ण हुने बताउनुभएको छ ।