• २५ फागुन २०८२, सोमबार

दाङ–२ मा समानुपातिकतर्फ रास्वपा पहिलो

blog

सन्तोष दहित
दाङ, फागुन २५ गते ।
प्रतिनिधिसभा निर्वाचनअन्तर्गत दाङ निर्वाचन क्षेत्र नम्बर २ मा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो स्थानमा रहेको छ।

प्राप्त पछिल्लो मतपरिणामअनुसार रास्वपाले ४२ हजार ६५८ मत प्राप्त गरेको छ। त्यस्तै नेकपा (एमाले) १३ हजार ९०२ मतसहित दोस्रो स्थानमा रहेको छ भने नेपाली कांग्रेसले ११ हजार ३६९ मत प्राप्त गरेको छ।

यसैगरी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सात हजार २६८ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले एक हजार ७५६ मत पाएको निर्वाचन अद्यावधिक विवरणमा उल्लेख गरिएको छ। मतगणना जारी रहेकाले परिणाममा थप परिवर्तन हुन सक्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।