सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको क्लिन स्वीप
सप्तरीको प्रतिनिधिसभा सदस्य निर्वाचनमा चार वटै क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरु फराकिलो मतान्तरले विजयी हुनुभएको छ।
सम्भवतः देशकै कान्छो सांसद २५ वर्षीय प्रशान्त उप्रेती
प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा सम्भवतः कान्छो सांसदको रुपमा निर्वाचित हुनुभएको छ प्रशान्त उप्रेती । २५ वर्षको युवा उमेरमा प्रतिनिधि सभा सदस्य निर्वाचनमा मकवानपुर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उहाँ निर्वाचित हुनुभएको हो ।
ताप्लेजुङमा समानुपातिकतर्फ एमाले पहिलो
प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ ताप्लेजुङमा नेकपा (एमाले) पहिलो भएको छ । अन्य दलभन्दा बढी कुल ११ हजार ३४५ मत प्राप्त गरी एमाले पहिलो भएको हो।
धनुषा–१ को मतपरिणाम घोषणा नगर्न आयोगको अनुरोध
धनुषाको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ को निर्वाचन अधिकृतको कार्यालयले मतपरिणाम घोषणा नगर्न अनुरोध गरेको छ।
सोमबारसम्ममा प्रत्यक्षतर्फको मतगणना सम्पन्न हुने
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को मतगणना सोमबारसम्ममा सम्पन्न हुने बताएको छ ।
सुर्खेत-२ को समानुपातिकतर्फ रास्वपा पहिलो
सुर्खेत–२ को समानुपातिक निर्वाचन प्रणाली बमोजिम भएको मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो भएको छ ।
प्रत्यक्ष निर्वाचित १४ नारी
फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक सय ६५ क्षेत्रमध्ये १४ क्षेत्रमा नारी विजयी भएका छन्।
झापाका निर्वाचित सांसदद्वारा जेनजी शहिद परिवारसँग भेटघाट तथा दिप प्रज्जवलन
झापाका नवनिर्वाचित सांसदहरुले झापाका दुई जेनजी शहिद परिवारको घरम पुगेर पहिलो आर्शिवाद लिनुभएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण, नेपाल प्रहरीको समन्वयकारी भूमिका प्रभावकारी
हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन उल्लेखनीय रूपमा शान्तिपूर्ण र व्यवस्थित वातावरणमा सम्पन्न भएको छ । विसं २०७९ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको तुलनामा यही फागुन २१ गते सम्पन्न निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रहेको हो ।
बर्दिया क्षेत्र नं २ मा रास्वपाका पोखरेल विजयी
बर्दियाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ मा भारी मतान्तरले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार श्रीधर पोखरेल विजयी हुनुभएको छ ।
प्यूठानमा समानुपातिकमा पनि रास्वपा अगाडि
जिल्लामा जारी समानुपातिक तर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडी देखिएको छ । हालसम्म गणना भएको मतमा राष्ट्रिय स्वतन्त्र पार्टीले सवैभन्दा धेरै मत पाएको छ।
दोलखामा समानुपातिकतर्फ घण्टीको अग्रता
दोलखामा प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ हालसम्मको मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अग्रता रहेको छ। हालसम्मको नतिजाअनुसार १० हजार ५६४ मतसहित रास्वपाले अग्रता बनाएको हो।
ताप्लेजुङमा नौ उम्मेदवारको जमानत जफत
ताप्लेजुङमा प्रतिनिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धा गरेका नौ जना उम्मेदवारको जमानत जफत भएको छ ।
ललितपुर क्षेत्र नं २ मा खरेल निर्वाचित
ललितपुर क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदावर जगदीश खरेल भारी मतका साथ प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ ।
महोत्तरी-४ मा रास्वपाकी गौरीकुमारी विजयी
महोत्तरी क्षेत्र नम्बर ४ बाट पनि राष्ट्रिय (रास्वपा) उम्मदेवार गौरीकुमारी विजयी हुनुभएको छ । यो जीतसँगै महोत्तरीको चारवटै संसदीय निर्वाचन क्षेत्रमा रास्वपाले कब्जा जमाएको छ ।
सल्यानमा समानुपातिकतर्फ नेकपा अग्रस्थानमा
प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सल्यान प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा समानुपातिकतर्फको मतगणनामा नेपाली कम्युनिष्ट पार्टी अग्रस्थानमा देखिएको छ।
सुनसरी-२ मा रास्वपाका थापा विजयी
सुनसरी निर्वाचन क्षेत्र २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का लालविक्रम थापाले झण्डै तेब्बर मतान्तरले विजयी हुनुभएको छ ।
हुम्लामा समानुपातिकमा काँग्रेसकाे अग्रता
हिमाली जिल्ला हुम्लाका मतदाताले समानुपातिक मतगणना भइरहँदा नेपाली काँग्रेसले अग्रता लिएको छ ।
निर्वाचन पर्यवेक्षण प्रारम्भिक प्रतिवेदन सार्वजनिक
प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ शान्तिपूर्ण र निष्पक्ष ढङ्गले सम्पन्न भए पनि लैङ्गिक, अपाङ्गता तथा समावेशी मैत्री प्रक्रियामा भने धेरै सुधार गर्नुपर्ने देखिएको एक छलफल कार्यक्रममा बताइयो ।
नवनिर्वाचित सांसद मल्लको प्रतिबद्धता : सडक सुधार र पूर्वाधार विकास
सल्यानबाट पहिलो मौकामा नै प्रतिनिधीसभामा स्थान बनाउन सफल नेपाली कम्युनिष्ट पार्टीका नेता रमेश कुमार मल्लले राप्ती लोकमार्ग, मदनभण्डारी लोकमार्गलाई आधुनिक सडकको रुपमा विकास गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
बैतडीमा समानुपातिकतर्फ मतगणना सुरु
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बैतडीमा समानुपातिकतर्फको मतगणना सुरु गरिएको छ ।
धनकुटामा समानुपातिकतर्फ एमालेको अग्रता
धनकुटामा प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ नेकपा (एमाले) को अग्रता लिएको छ । हालसम्मको परिणामअनुसार ९ हजार ८ सय २८ मतसहित एमालेले अग्र स्थानमा रहेको हो ।
धनकुटामा १३ उम्मेदवारको जमानत जफत
प्रतिनिधिसभा सदस्य निर्वाचनमा धनकुटाबाट प्रतिस्पर्धा गरेका १७ उम्मेदवारमध्ये १३ जनाको जमानत जफत भएको छ । एक मात्र निर्वाचन क्षेत्रमा रहेको धनकुटामा कुल सदर मतमध्ये १० प्रतिशत मत नल्याउने उम्मेदवारको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय धनकुटाले जनाएको छ ।
झापामा ८६ प्रतिशतभन्दा बढी उम्मेदवारको जमानत जफत
झापामा प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएका अधिकांश उम्मेदवारको जमानत जफत भएको छ। जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार जिल्लामा उम्मेदवारी दिएका ९० मध्ये ७८ जनाको जमानत जफत भएको हो। यो कुल उम्मेदवारको ८६ दशमलव ६७ प्रतिशत हो।