• २६ फागुन २०८२, मङ्गलबार

बर्दिया क्षेत्र नं २ मा रास्वपाका पोखरेल विजयी

blog

रास्वपाका उम्मेदवार श्रीधर पोखरेल ।

यज्ञप्रसाद सापकोटा

गुलरिया(बर्दिया) फागुन २५ गते । बर्दियाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ मा भारी मतान्तरले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार श्रीधर पोखरेल विजयी हुनुभएको छ । उहाँले निकटतम प्रतिद्वन्द्वी भन्दा नौ हजार दुई सय ७६ मत बढी ल्याएर विजयी हुनुभएको छ । 

पोखरेलले २९४ हजार ६ सय ७८ मत ल्याउनु भएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीका उम्मेद्वार नेपाली काँग्रेसका उम्मेद्वार किशो सिंह राठोरले २० हजार चार सय दुई मत ल्याउनु भएको छ । त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार सुरेश पन्थले १९ हजार एक सय ८० मत ल्याउनुभएको छ । नेकपा एमालेकी उम्मेद्वार बिमला वि.क.ले १० हजार सात सय ७२ मत ल्याउनुभएको छ । 

सो क्षेत्रमा ९२ हजार ६ सय १८ मत खसेको थियो । जसमध्ये ८८ हजार एक सय ३० मत सदर भएको थियो भने चार हजार चार सय ८८ मत बदर फेला परेको निर्वाचन अधिकृत विष्णु प्रसाद घिमिरेले बताउनुभयो । 

विजय पश्चात् राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता तथा सर्मथक विजयी र्याली गर्न तयार भइरहेका छन् । विजयी घोषणा गरि प्रमाणपत्र हस्तान्तरण गर्ने तयारी भइरहेको निर्वाचन अधिकृत घिमिरिले बताउनुभयो । योसँगै बर्दियाका दुवै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले विजय हासिल गरेको छ ।