• २७ फागुन २०८२, बुधबार

बुधबारसम्म समानुपातिक प्रणालीतर्फको मतगणना सकिने

blog

काठमाडौँ, फागुन २६ गते । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फको केही क्षेत्रको मात्र मतगणना बाँकी रहेकाले बुधबार बिहानसम्म परिणाम प्राप्त हुने निर्वाचन आयोगले जनाएको छ । 

सङ्खुवासभा, धनुषा निर्वाचन क्षेत्र नं १, गोरखा निर्वाचन क्षेत्र नं. १ र २, लगायत केही क्षेत्रको मात्र मतगणना बाँकी रहेको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले राससलाई जानकारी दिनुभयो । यी क्षेत्रमा अहिले मतगणना जारी रहेकाले बुधबार बिहानसम्म समानुपातिकतर्फ अहिले पनि सबै क्षेत्रको मत परिणाम सार्वजनिक गर्ने गरी तयारी गरिएको उहाँले सुनाउनुभयो ।

समानुपातिकतर्फ अहिलेसम्म एक करोड छ लाख ५९ हजार ८५४ मतगणना भइसकेको आयोगले जनाएको छ । पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको भने मतगणना यसअघि नै भइसकेको छ । रासस