• ३० फागुन २०८२, शनिबार

ताप्लेजुङमा समानुपातिकतर्फ एमाले पहिलो

blog

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मत गणना गर्दै गरिएको दृश्य । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक 

ताप्लेजुङ, फागुन २४ गते । प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ ताप्लेजुङमा नेकपा (एमाले) पहिलो भएको छ । अन्य दलभन्दा बढी कुल ११ हजार ३४५ मत प्राप्त गरी एमाले पहिलो भएको हो।

आइतबार बेलुकी सम्पन्न भएको मत गणनाको अन्तिम विवरणअनुसार नेपाली काँग्रेस दोस्रो भएको छ । काँग्रेसले नौ हजार ६४३ मत प्राप्त गरेर दोस्रो भएको हो । यस्तै आठ हजार ६९८ मत प्राप्त गरी श्रम संस्कृति पार्टी तेस्रो र छ हजार ४९५ मत प्राप्त गरेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चौथो भएको छ ।

यसैगरी समानुपातिकमा नेपाली कम्युनिस्ट पार्टी पाँच हजार २१४ मत प्राप्त गरेर पाँचौ भएको छ । छैटौ स्थान कायम गर्नेगरी सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले ५१० मत प्राप्त गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ४१५ मत र ३०२ मतका साथ राष्ट्रिय परिवर्तन पार्टी क्रमशः सातौ र आठौं भएका रहेका छन् । 

जिल्लास्थित मुख्य निर्वाचनको अधिकृतको कार्यालयका अनुसार ताप्लेजुङबाट माथिका आठसहित विभिन्न ५६ वटा दलले समानुमातिकतर्फ मत पाएका छन् । जिल्लामा समानुपातिकतर्फ कुल ४५ हजार ८५२ मत खसेको र उक्त सङ्ख्यामध्ये ४३ हजार ८१३ सदर मत रहेको छ । दुई हजार ३९ मत भने बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।