• २९ फागुन २०८२, शुक्रबार

शोकमा रहेको ओली परिवारप्रति सभापति लामिछानेको समवेदना

एमाले अध्यक्ष ओलीका पिताको निधनप्रति सभापति लामिछानेद्वारा दुःख व्यक्त

blog

पिता मोहनप्रसाद ओलीको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्नुहुँदै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ।

काठमाडौँ, फागुन २९ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।

सभापति लामिछानेले बिहीबार एक शोक सन्देश जारी गर्दै अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओलीको निधनको खबरले आफूलाई मर्माहत तुल्याएको बताउनुभएको हो । उहाँले दुःखको यस घडीमा दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

सन्देशमा सभापति लामिछानेले भन्नुभएको छ, ‘नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीज्यूका पूजनीय पिता मोहनप्रसाद ओलीको निधनले दुःखी तुल्याएको छ । यस दुःखद घडीमा दिवङ्गतप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछु ।’ 

लामिछानेले शोकको यस समयमा अध्यक्ष ओली र उहाँको सम्पूर्ण परिवारप्रति गहिरो समवेदना समेत प्रकट गर्नुभएको छ ।