शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, फागुन २९ गते । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पत्नी राधिका शाक्यसहित भक्तपुरस्थित नेपाल कोरियामैत्री अस्पताल पुग्नुभएको छ ।
शुक्रबार बिहान भक्तपुरको गठ्ठाघरस्थित नेपाल–कोरिया मैत्री अस्पतालमा उपचारका क्रममा अध्यक्ष ओलीका बुवा मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन भएको हो ।

उहाँको पार्थिव शरीर अस्पतालमै राखिएको छ । आफन्त, नातेदार तथा पार्टी नेता–कार्यकर्ताले श्रद्धाञ्जली अर्पण गर्न अस्पतालमा भिड लागेको छ ।
मोहनप्रसाद ओली गठ्ठाघरस्थित छोरीको निवासमा बस्दै आउनुभएको थियो । गएराति स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई अस्पताल पुर्याइएको थियो । अस्पतालमा उपचारको क्रममा उहाँको निधन भएको एमाले सचिवालयले जनाएको छ । दिवङ्गत ओलीका दुई छोरा र तीन छोरी हुनुहुन्छ ।

