सिन्धुपाल्चोक-२ मा नेकपाका युवराज दुलाल विजयी
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नं. २ बाट नेपाल कम्युनिस्ट पार्टीका युवराज दुलाल निर्वाचित हुनुभएको छ।
कैलाली–२ मा रास्वपाका केपी खनाल विजयी
कैलाली निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केपी खनाल निर्वाचित हुनुभएको छ।
भोजपुरमा श्रम संस्कृतिका ध्रुवराज निर्वाचित, एमालेका शेरधन पराजित
भोजपुरबाट प्रतिनिधिसभा सदस्यमा श्रम संस्कृति पार्टीका ध्रुवराज राई निर्वाचित हुनुभएको छ।
मुगुमा कांग्रेसका खड्क शाही निर्वाचित
मुगु जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार खड्क शाही विजयी हुनुभएको छ। एकमात्र निर्वाचन क्षेत्र रहेको मुगुमा कांग्रेसका शाहीले सात हजार ९१४ मत ल्याएर विजयी हुनुभएको हो।
एमाले उपमहासचिव भट्टको दोस्रो हार
नेकपा (एमाले) का उपमहासचिव एवम् पूर्वमन्त्री लेखराज भट्ट प्रतिनिधि सभा सदस्यको निर्वाचनमा लगातार दोस्रो पटक पराजित हुनु भएको छ ।
महोत्तरी–२ मा रास्वपाका झा निर्वाचित : शरदसिंह भण्डारी पराजित
महोत्तरी क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दीपककुमार साहले 'ह्याभी वेट' नेता शरदसिंह भण्डारीलाई भारी मतान्तरले पराजित गर्दै विजयी हुनुभएको छ।
सुदूरपश्चिमका नेता भट्ट घण्टीभन्दा पछाडि
राष्ट्रिय राजनीतिमा प्रभाव पार्दै आउनुभएका सुदूरपश्चिम प्रदेशको प्रभावशाली नेता लेखराज भट्ट यस पटकको निर्वाचनमा घण्टीभन्दा पछाडि पर्नुभएको छ ।
ताप्लेजुङमा समानुपातिकतर्फ एमालेको अग्रता
ताप्लेजुङमा प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ हालसम्मको मतपरिणाम अनुसार नेकपा (एमाले) को अग्रता रहेको छ। हालसम्मको परिणामअनुसार छ हजार ७२४ मतसहित एमालेले अग्रता बनाएको हो।
जनताको मतको सम्मान गर्छु : सुहाङ नेम्वाङ
इलाम–२ बाट निर्वाचित नेकपा (एमाले)का सुहाङ नेम्वाङले इलाम –२ का मतदातालाई धन्यवाद दिँदै एक–एक मतको मुल्याङ्कन हुने गरेर काम गर्ने बताउनुु भएको छ ।
कैलाली–४ मा नेकपाका उम्मेदवारसहित १३ जनाको धरौटी जफत
प्रतिनिधिसभा सदस्यको निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नं. ४ मा १३ जना उम्मेदवारको धरौटी जफत भएको छ।
धनुषा–४ मा रास्वपाका महतो दोब्बरभन्दा बढी मतले विजयी
प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत धनुषा क्षेत्र नं. ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राजकिशोर महतो प्रतिद्वन्द्वीभन्दा दोब्बरभन्दा बढी मतले विजयी हुनुभएको छ।
सप्तरी-२ मा रास्वपाका रामजी यादव विजयी : सिके राउत तेस्रो
दोहोरिएर चुनाव नजित्ने इतिहास बोकेको सप्तरी निर्वाचन क्षेत्र नम्बर २ ले यसपालिको प्रतिनिधिसभा निर्वाचनमा पनि विगतकै इतिहासलाई निरन्तरता पाएको छ।
स्याङ्जा–२ मा रास्वपाका झविलाल डुम्रे विजयी
स्याङ्जाको निर्वाचन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का झविलाल डुम्रे विजयी हुनुभएको छ।
इलाम–१ मा अग्रता बढाउँदै एमालेका काजीमान
इलाम निर्वाचन क्षेत्र – १ मा जारी मतगणनामा नेकपा एमालेका काजीमान कागतेले अग्रता बढाउँदै जानुभएको छ ।
सुनसरी–१ मा हर्कराज राई विजयी: सडकदेखि सदनसम्मको यात्रा
सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट श्रमसंस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) फराकिलो मतान्तरले विजयी हुनुभएको छ।
अनेक जटिलता तोडेर निर्वाचन गराउने प्रजिअ अजिता शर्मा
बाख्लो हिउँ जमेर तीन महिनादेखि अवरुद्ध भएको वारागुङ मुक्तिक्षेत्र गाउपालिका–५, साङ्ता गाउँ जोड्ने सडक नियमित गर्न प्रमुख जिल्ला अधिकारी अतिजा शर्माले निकै मेहनत गर्नुभयो ।
रौतहट ३ मा रास्वपाका रबिन्द्र पटेल विजयी
रौतहट क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रबिन्द्र पटेल भारी मतान्तरले विजयी हुनु भएको छ ।
बर्दिया क्षेत्र नं २ मा भारी मतान्तरले रास्वपा अगाडि
बर्दियाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ मा भारी मतान्तरले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार श्रीधर पोखरेल अगाडि बढ्नु भएको छ ।
हुम्लामा समानुपातिक मत मतगणना सुरु
प्रत्यक्षतर्फ मतगणना सकिएको हिमाली जिल्ला हुम्लामा समानुपातिक मत गणना पनि सुरु भएको छ।
मकवानपुर १ मा रास्वपाका प्रकाश गौतम विजयी
मकवानपुर क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रकाश गौतम प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ। प्रदेश निर्वाचन अधिकारी हरिप्रसाद ढकालका अनुसार यस क्षेत्रमा खसेको कुल ९५ हजार ३१० मतमध्ये गौतमले ३६ हजार ३३ मत प्राप्त गरी विजयी हुनुभएको हो।
स्याङ्जा–२ मा रास्वपाका डुम्रे निर्वाचित
स्याङ्जा निर्वाचन क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का झविलाल डुम्रे निर्वाचित हुनुभएको छ । उहाँले नेपाली कांग्रेसका उम्मेदवार भागवत प्रकाश मल्ललाई पराजित गर्दै निर्वाचित हुनुभयो ।
विकास र परिवर्तनका लागि प्रतिबद्धता : प्रमोद कुमार
महोत्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रमोद कुमार महतो विजयी भएपछि यस क्षेत्रको विकास र परिवर्तनका लागि प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
सिराहा ३ मा रास्वपाका शम्भुकुमार यादव विजयी
सिराहा निर्वाचन क्षेत्र ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शम्भुकुमार यादव भारी मतले विजयी हुनुभएको छ ।
धनुषा–१ को नतिजा आउँदै, विवाद सर्वोच्चमा
मधेस प्रदेशको धनुषा निर्वाचन क्षेत्र नं. १ को मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन अधिकृत मनोज बरालका अनुसार आज दिउँसो २ बजेसम्म अन्तिम नतिजा सार्वजनिक गर्ने गरी मतगणना भइरहेको छ ।