• २४ फागुन २०८२, आइतबार

रौतहट ३ मा रास्वपाका रबिन्द्र पटेल विजयी

blog

रास्वपा बाट रौतहट ३ मा बिजयी रबिन्द्र पटेल ।

प्रवीण कुमार शर्मा 

रौतहट, फागुन २४ गते । रौतहट क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रबिन्द्र पटेल भारी मतान्तरले विजयी हुनु भएको छ  । 

उहाँ आफ्ना निकटम प्रतिद्वन्दीसंग १५ हजार ३६४ को फराकिलो मतले बिजयी हुनु भएको निर्वाचन अधिकृतको कार्यालय प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ३ को कार्यालयका निर्वाचन अधिकृत अबध किशोर प्रसाद कुशवाहाले जानकारी दिनुभयो । 

उहाँले २७ हजार ३१८  मत पाउँदा उहाँका निकटम प्रतिस्पर्धी जनता समाजवादी पार्टी नेपालकाका उम्मेदवार गोबिन्द चौधरीले ११ हजार ९५४ मत पाउनु भएको छ  ।

यस्तै आम जनता पार्टिका उम्मेदवार एबम पुर्व मन्त्री प्रभु साहले नौ हजार ८९०, नेकपा एमालेका उम्मेदवार कुन्दन प्रसाद कुशवाहाले नौ हजार ६०५,नेपाली कांग्रेसका उम्मेदवार राम कृपाल प्रसाद यादवले छ हजार ४२०  मत  ल्याउनुभएको  निर्वाचन अधिकृत कुशवाहाले जानकारी दिनुभयो । 

यस निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टिका उम्मेदवार पुनम देवीले तीन हजार ८८१ मत ल्याउनुभएको छ । रौतहट ३ मा कुल ८ हजार ७५८ मत बदर भएको उहाँले बताउनुभयो । रौतहट –३ मा कुल एक लाख आठ हजार ६९९ मतदाता रहेकोमा ७६ हजार ४२९ मत खसेको थियो  ।