• २५ फागुन २०८२, सोमबार

भोजपुरमा श्रम संस्कृतिका ध्रुवराज निर्वाचित, एमालेका शेरधन पराजित

blog

ध्रुवराज राई र शेरधन राई

गोकुल भुजेल

भोजपुर, फागुन २४ गते । भोजपुरबाट प्रतिनिधिसभा सदस्यमा श्रम संस्कृति पार्टीका ध्रुवराज राई निर्वाचित हुनुभएको छ। उहाँले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का शेरधन राईलाई एक हजार ९१३ मतान्तरले पराजित गर्नुभएको हो।

ध्रुवराज राईले १६ हजार ६६३ मत पाउँदा उहाँका प्रतिस्पर्धी शेरधन राईले १४ हजार ७५० मत प्राप्त गर्नुभएको छ।

तेस्रो स्थानमा रहनुभएका नेपाली कांग्रेसका बालकृष्ण थापाले आठ हजार ६७० मत पाउँदा रास्वपाका रमेशप्रसाद ओझाले छ हजार १०२ मत प्राप्त गर्नुभएको छ। यस्तै, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अजम्बर राई काङमाङले पाँच हजार ६२८ मत प्राप्त गर्नुभएको छ।

जिल्लाभरका कुल एक लाख २५ हजार मतदातामध्ये ५८ हजार ६९ अर्थात् ४६ दशमलव १६ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।