• २६ फागुन २०८२, मङ्गलबार

भारतीय प्रम मोदीद्वारा सभापति लामिछाने र वरिष्ठ नेता बालेनलाई बधाई

blog

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी

काठमाडौँ, फागुन २५ गते । छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई बधाई तथा शुभकामना दिनुभएको छ ।

प्रधानमन्त्री मोदीले आज उहाँहरुसँग टेलिफोन संवाद गरी नेपालको निर्वाचनमा प्राप्त उहाँहरूको विजय तथा रास्वपाको उल्लेखनीय सफलताका लागि दुवै नेताहरूलाई बधाई दिनुभएको सामाजिक सञ्जाल एक्समा उल्लेख गर्नुभएको छ ।

साथै उहाँले आगामी नयाँ सरकार गठनका लागि शुभकामना व्यक्त गर्दै भारत नेपालसँग आपसी समृद्धि, प्रगति र दुवै देशका जनताको हितका लागि सहकार्य गर्न प्रतिबद्ध रहेको सन्देश पनि दिनुभएको छ ।

प्रधानमन्त्री मोदीले दुवै देशको संयुक्त प्रयासबाट आगामी वर्षहरूमा नेपाल–भारत सम्बन्ध अझ नयाँ उचाइमा पुग्नेमा विश्वस्त व्यक्त गर्नुभएको छ । रासस