• १ वैशाख २०८३, मङ्गलबार

ट्याक्टरको ठक्करबाट एकको मृत्यु

blog

हरिप्रसाद कोइराला 

उर्लाबारी, चैत ३० गते । घरबाट पछाडि सारेर सडकमा निकाल्दै गरेको ट्याक्टरले सडकमा गुडिरहेको मोटरसाइकललाई ठक्कर दिँदा मोरङको कानेपोखरी –५ जहदाका २४ वर्षीय मनोज कार्कीको मृत्यु भएको छ । 

अस्थायी प्रहरी चौकी कानेपोखरीका अनुसार कानेपोखरी ५ को भित्री सडकमा गुडिरहेको बा.३९ प ४३३३ नम्वरको मोटरसाइकललाई  मे १ त ६७८७ नम्बरको ट्याक्टरले ठक्कर दिँदा कार्की गम्भीर घाइते हुनुभएको थियो । 

मोटरसाइकलमा कार्की र उहाँका दाजु दिलबहादुर कार्की सवार हुनुहुन्थ्यो । दुबै जनालाई तत्काल उपचारका लागि विराटनगरको नोवेल अस्पताल पठाइएकोमा मनोजलाई अस्पताल पु¥याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए । 

घाइते दिलबहादुरको नोवेल अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोलुखुम्वुको थुलुङदूधकोशी गाउँपालिका वडा नंं.२ काङ्गेल स्थायी घर भएका कार्की आफन्तको घरमा बसेर रमाइलो बहुमुखी क्याम्पसमा स्नातक चौथो वर्षमा अध्ययनरत हुनुहुन्थ्यो ।