• २७ फागुन २०८२, बुधबार

एमाले उपमहासचिव भट्टको दोस्रो हार

blog

नेकपा (एमाले) का उपमहासचिव लेखराज भट्ट ।

अविनाश चौधरी

धनगढी, फागुन २४ गते । नेकपा (एमाले) का उपमहासचिव एवम् पूर्वमन्त्री लेखराज भट्ट प्रतिनिधि सभा सदस्यको निर्वाचनमा लगातार दोस्रो पटक पराजित हुनुभएको छ । 

गृह नगरसमेत रहेको कैलाली क्षेत्र नम्बर ४ मा उहाँ दोस्रो पटक पराजित हुनुभएको हो । उहाँले नौ हजार ४४४ मतका साथ तेस्रो स्थान प्राप्त गर्नुभयो । यो क्षेत्रमा रास्वपाका खेमराज कोइराला विजयी हुनुभएको छ । 

उहाँले कांग्रेस उम्मेदवार गोरखबहादुर विष्टलाई पराजित गर्नुभयो । यसअघि, सोही क्षेत्रमा दुई पटक चुनाव जित्नु भएका भट्ट भने तेस्रो स्थानमा सीमित हुनुभएको छ । यसअघि, उहाँ २०७९ मा भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा कांग्रेस उम्मेदवारसँग पराजित हुनुभएको थियो । संविधान सभाको निर्वाचनमा भने भट्ट विजयी हुनुभएको थियो । 

यसैगरी, कैलाली क्षेत्र नम्बर ३ मा पूर्वमन्त्री गौरीशङ्कर चौधरीको पनि हार भएको छ । नेकपा (एमाले) का उम्मेदवार उहाँले धरौटीसमेत जोगाउन सक्नुभएन । चौधरी चौथो स्थानमा सीमित हुनुभयो ।