• २७ फागुन २०८२, बुधबार

बास्केटबल लिग : आर्मी र गोल्डेनगेटको विजयी सुरुवात

blog

बल खोस्ने प्रयास गर्दै खेलाडी ।

काठमाडौँ, फागुन २७ गते । विभागीय टोली त्रिभुवन आर्मी क्लब र गोल्डेनगेट इन्टरनेसनल क्लबले हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) मा वियजी सुरुवात गरेको छ । 

नेपाल बास्केटबल सङ्घ (नेबा) को आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाको कभर्डहलमा सुरु भएको लिगको उद्घाटन खेलमा आर्मीले केभिसी हाउण्ड्सलाई १०७–७९ ले हरायो । 

आर्मीले पहिलो क्वार्टरमा २९–१७, दोस्रो क्वार्टरमा २४–२२, तेस्रो क्वार्टरमा २८–२१ र चौथो क्वार्टरमा २३–१९ को अग्रता बनाएको थियो । आर्मीका निश्चल महर्जनले सर्वाधिक २७ अङ्क बनाउनुभयो ।

उहाँ मोस्ट भ्यालुएल प्लेअर घोषित हुनुभयो । अर्को खेलमा गोल्डेनगेट इन्टरनेसनल क्लबले साविक विजेता टाइम्स इन्टरनेसनल क्लबलाई ९२–७५ ले हरायो । 

टाइम्सले पहिलो क्वार्टरमा २५–१८ को अग्रता बनाएको थियो । तर गोल्डेनगेट दोस्रो क्वार्टर २५–१९, तेस्रो क्वार्टर र ३०–१० ले आफ्नो पक्षमा पार्दै अगाडि बढ्यो । 

चौथो क्वाटर टाइम्सले २१–१९ ले आफ्नो पक्षमा पारेपनि जित प्रयाप्त भएन । गोल्डेनगेटका निकेश मगरले सर्वाधिक ३७ अङ्क बनाउनुभयो । उहाँ मोस्ट भ्यालुएबल प्लेअर घोषित हुनुभयो ।