• २६ फागुन २०८२, मङ्गलबार

सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको क्लिन स्वीप

blog

देवराम यादव

सप्तरी,  फागुन २४ गते । सप्तरीको प्रतिनिधिसभा सदस्य निर्वाचनमा चार वटै क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरु फराकिलो मतान्तरले विजयी हुनुभएको छ।  

जिल्लाको क्षेत्र नं. १ बाट रास्वपाका पुष्पाकुमारी चौधरी, क्षेत्र नं. २ बाट रामजी यादव, क्षेत्र नं. ३ बाट डा. अमरकान्त चौधरी र क्षेत्र नं. ४ बाट सीताराम साह फराकिलो मतान्तरले विजयी हुनुभएको हो । 

घोषित परिणाम अनुसार क्षेत्र नं. १ मा रास्वपाकी पुष्पाकुमारी चौधरीले ३८ हजार १ सय ९५ मत ल्याई निर्वाचित हुनुभयो । उहाँका निकटत्तम प्रतिद्वन्दी स्वाभिमान पार्टीका सुमित साहले ७ हजार ८ सय ४७ मत प्राप्त गरेका छन् । यस्तै नेकपा एमालेका सुमनराज प्याकुरेल ७ हजार ६ सय ५२ तथा नेपाली काँग्रेसका जिल्ला सभापति रामदेव साहले ६ हजार ९ सय ९४ र जनमत पार्टीका जयकान्त राउतले ४ हजार ८ सय ३३ मत प्राप्त गर्नुभएको छ । सोही क्षेत्रबाट जसपा नेपालका श्यामसुन्दर सरदारले २ हजार ५ सय ५८ र नेकपाका रबिन्द्र चौधरीले १ हजार ६ सय २६ मत ल्याउनुभएको छ । 

क्षेत्र नं. २ मा रास्वपाका रामजी यादवले २८ हजार ४ सय ४ मत ल्याई निर्वाचित हुँदा उहाँका निकटत्तम प्रतिद्वन्दी जसपा नेपालका उमेश कुमार यादवले १४ हजार २ सय ६३ मत प्राप्त गर्नुभएको छ । यसअघिको निर्वाचनमा बिजयी भएका जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त(सीके) राउतले ९ हजार ८ सय ८० मत ल्याउनुभएको छ । 

यस्तै पूर्व मुख्यमन्त्री सतिश कुमार सिंहले ३ हजार ५ सय ५७, नेपाली काँग्रेसका जिल्ला उपसभापति समेत रहेका रामकुमार यादवले २ हजार ४ सय ९८, राष्ट्रिय निर्माण दलका अफरोज आलमले १ हजार १ सय २०, नेकपा एमालेका मो. जियाउल रहमानले ८ सय ८३ तथा नेकपाका सूर्यनाथ प्रसाद यादवले ४ सय २६ मत ल्याउनुभएको छ।  

क्षेत्र नं. ३ मा रास्वपाका अमरकान्त चौधरीले ३२ हजार ८ सय ७५ मत प्राप्त गरी बिजयी भए भने निकटत्तम प्रतिद्वन्दी जसपा नेपालका अध्यक्ष समेत रहेका उपेन्द्र यादवले १५ हजार २ सय ३९ मत ल्याउनुभएको छ ।  

सोही क्षेत्रबाट यसअघि निर्वाचित भएका नेपाली काँग्रेसका दिनेश कुमार यादवले ८ हजार ४ सय २८ मत ल्याउनुभएको छ । त्यस्तै नेकपा एमालेका जिल्ला अध्यक्ष समेत रहेका ताराकान्त चौधरीले ६ हजार ७ सय १५ मत ल्याउनुभएको छन् । जनमत पार्टीका सुरेन्द्र प्रसाद शर्माले २ हजार ८ सय ६९, नेकपाका अरुण कुमार साहले १ हजार ६ सय ३५ मत ल्याएका छन् ।   

क्षेत्र नं. ४ मा रास्वपाकै सीताराम साहले ३६ हजार ४ सय १२ मत प्राप्त गरी निर्वाचित भएका छन् भने उहाँका निकटत्तम प्रतिद्वन्दी नेपाली काँग्रेसका प्रत्यासी तेजुलाल चौधरीले १३ हजार १ सय ३ मत मात्र ल्याउनुभएको छ । जसपा नेपालकी बबि सिंह यादवले १० हजार २ सय ८०, नेकपाकी रुबी कुमारी कर्णले १ हजार ७ सय ९ मत ल्याउनुभएको छ । नेकपा एमालेका गंगाप्रसाद चौधरीले १ हजार १ सय ७७, जनमत पार्टीका जितेन्द्र कुमार साहले ९ सय ९५ मत प्राप्त गर्नुभएको छ ।