• २५ फागुन २०८२, सोमबार

धनकुटामा ५ उम्मेदवारले कटाएनन् सय मत

blog

सन्तोष सुवेदी

पाख्रीबास (फागुन), धनकुटा २५ गते । प्रतिनिधिसभा निर्वाचनमा धनकुटाबाट उम्मेदवारी दिएका ६ जना उम्मेदवारले सय मत ल्याउन सकेनन् । प्रतिनिधि सभाका लागि उम्मेदवारी दिएका १७ जना उम्मेदवारमध्ये ६ जनाले सय मत कटाउन नसकेका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार एक मात्र निर्वाचन क्षेत्र रहेको धनकुटामा नेपाल मजदुर किसान पार्टी, आम जनता पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, मंगोल नेशनल अर्गनाइजेशन र दुई जना स्वतन्त्र उम्मेदवारले सय मत कटाउन सकेन् ।

नेपाल मजदुर किसान पार्टीका उत्तम साखकर्मीले २२ मत, आम जनता पार्टीका प्रेमबहादुर थापाले ५५ मत, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका बालकुमार ताम्लीले ६५ मत, मंगोल नेशनल अर्गनाइजेशनका उम्मेदवार सागर राईले ५ मत र स्वतन्त्र उम्मेदवार मनकुमार योञ्जनले ५६ र जीतेन्द्र राईले ९१ मत मात्र ल्याउनुभयो । 

यस्तै पाँच जना उम्मेदवारले एक हजारभन्दा कम मत प्राप्त गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी), राष्ट्रिय परिवर्तन पार्टी, जनता समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारले एक हजारभन्दा कम मत प्राप्त गरेको पाइएको छ । 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का रविनकुमार राईले एकसय ३२, राष्ट्रिय परिवर्तन पार्टीका शालिकराम राईले दुईसय २१, जनता समाजवादी पार्टीका निशान राईले २ सय ३८, जनता समाजवादी पार्टी नेपालका आइतराज लिम्बुले चारसय ३१ र राष्ट्रिय प्रजातन्त्र पार्टीका विभत्सु थापाले सातसय ३ मत मात्र ल्याउनुभएको निर्वाचन कार्यालयले जनाएको छ ।

एक मात्र निर्वाचन क्षेत्र रहेको धनकुटामा पुरुष १४ हजार ७६७ र महिला १२ हजार ८३१ गरी कुल २७ हजार ५९८ मत खसेको थियो । जिल्लामा कुल १ लाख १८ हजार ४ सय २५ मतदाता रहेका छन् । जसमध्ये ५० हजार ४८३ जना पुरुष र ५८ हजार ९४२ महिला मतदाता रहेका थिए । धनकुटामा एमाले उम्मेदवार राजेन्द्र राई १८ हजार एकसय ३२ मत पाएर विजयी हुनुभएको थियो ।