• २ वैशाख २०८३, बुधबार

शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेट

blog

शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखलेलसँग बुधबार सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेटवार्ता गर्नुहुँदै नेपालका लागि संयुक्त अधिराज्य (बेलायत) का राजदूत रब फेन । तस्बिरः शिक्षामन्त्रीको सचिवालय/रासस

काठमाडौँ,  वैशाख २ गते ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखलेलसँग नेपालका लागि संयुक्त अधिराज्यका राजदूत रब फेनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

मन्त्री पोखरेलको कार्यकक्षमा आज भएको भेटमा उहाँहरूबिच नेपाल–बेलायत सम्बन्धका साथै आपसी सहयोग र सहकार्यका विविध विषयमा छलफल भएको थियो ।

नेपालको शैक्षिक उन्नयनका निम्ति बेलायत सरकारबाट प्राप्त सहयोगका लागि हार्दिक आभार व्यक्त गर्दै मन्त्री पोखरेलले सातवटै प्रदेशमा सञ्चालन हुन लागेको ‘अटिजम’ स्कुललाई सघाउन आग्रह गर्नुभएको थियो । 

मन्त्री पोखरेलको निजी सचिवालयका अनुसार उक्त विद्यालयलाई स्रोत र जनशक्ति विकासमा सहयोग गर्न उहाँले राजदूतसमक्ष अनुरोध गर्नुभएको थियो ।  रासस