वासुदेव शर्मा
जाजरकोट, फगुन २७ गते । जाजरकोटमा समानुपातिक तर्फको परिणाममा नेपाली कांग्रेस पहिलो भएको छ । सात वटा स्थानीय तहका १४७ मतदान केन्द्रमा खसेको मत गणना गर्दा कांग्रेस पहिलो दल बनेको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार कांग्रेसले १७ हजार ३१८ मत प्राप्त गरी पहिलो, नेकपा एमालेले १६ हजार ४५९ मत प्राप्त गरि दोस्रो, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले १६ हजार ३२२ मत प्राप्त गरी तेस्रो र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पाँच हजार ७५१ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५०६ मत गरेका छन् ।
त्यसैगरी जनता समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, जनता लोकतान्त्रिक पार्टी लगाएत ५७ वटा पार्टीले एक सयभन्दा कम मत पाएका छन् ।
एक लाख ८ हजार ४७९ मतदातामध्य ६१ हजार ७२९ मत खसेको थियो । तीमध्य ५८ हजार १११ मत सदर तीन हजार ६१८ मत बदर भएको मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद खनालले बताउनुभयो ।