शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, चैत १ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तर्फबाट समानुपातिक सांसद बन्ने नामको टुङ्गो लागेको छ।
काठमाडौँको वनस्थलीस्थित घण्टीघरमा बसेको बैठकमा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साह भने भर्चुअल्ली सहभागी हुनुभएको थियो । बैठकले समानुपातिकतर्फ पाएको ५७ सिटका लागि ४८ महिला र नौ पुरुषको नाम टुङ्गो लगाएको प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।
सभापति लामिछाने बिरामी भएकाले भर्चुअल्ली बैठकमा सहभागी हुनु भएको बताइएको छ । बैठकमा पार्टी संसदीय दलको विधान संशोधन, दलको नेता चयन र सरकार गठनका विषयमा पनि सामान्य छलफल भएको हो । रास्वपाले वरिष्ठ नेता साहलाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा घोषणा गरेर नै निर्वाचनमा करिव दुई तिहाई १८३ सिट निर्वाचनमा विजयी हासिल गरेको छ ।