शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, चैत १ गते । श्रम संस्कृति पार्टीले समानुपातिक प्रणालीअन्तर्गत सिफारिस गरिएका उम्मेदवारको नाम आधिकारिक रूपमा सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यसमितिको निर्णयअनुसार आइतबार नामावली सार्वजनिक गरेको हो ।
पार्टीका प्रवक्ता सत्य घले गुरुङका अनुसार योग्यता र क्षमताका आधारमा उम्मेदवारको छनोट गरी नामावली सम्बन्धित निकायमा पठाइसकिएको छ । सिफारिस गरिएका चार जना उम्मेदवारमा एक पुरुष र तीन महिला छन् ।
पार्टीले सार्वजनिक गरेको नामावलीअनुसार आदिवासी जनजातिबाट पूर्णप्रसाद लिम्बू, खसआर्यबाट अम्बिकादेवी सङ्ग्रौला, दलितबाट राधिका रम्तेल र मधेसी क्लस्टरबाट रुबीकुमारी ठाकुर रहनुभएको छ । सिफारिस गरिएकामध्ये लिम्बू पुरुष हुनुहुन्छ भने सङ्ग्रौला, रम्तेल र ठाकुर महिला हुनुहुन्छ ।
