• १ चैत २०८२, आइतबार

राष्ट्रियसभा अध्यक्ष दाहालद्वारा एमाले अध्यक्ष ओलीप्रति समवेदन

blog

पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्नुहुँदै राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल । सौजन्य तस्बिरः केपी ओलीको सचिवलाय

काठमाडौँ, चैत १ गते । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पितृशोकमा रहनुभएका पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीप्रति समवेदना व्यक्त गर्नुभएको छ । 

आइतबार भक्तपुरको गुन्डुस्थित ओली निवासमा पुगेर अध्यक्ष दाहालले समवेदना प्रकट गर्नुभएको हो । 

यही फागुन २९ गते ९७ वर्षको उमेरमा उपचारका क्रममा मोहनप्रसाद ओलीको निधन भएको हो ।