• १ चैत २०८२, आइतबार

प्रधानमन्त्री कार्कीद्वारा समवेदना व्यक्त

blog

काठमाडौँ, चैत १ गते । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलगायत उहाँका परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ । 

प्रधानमन्त्री कार्कीले पूर्वप्रधानमन्त्री ओलीको गुण्डुस्थित निवास पुगेर उहाँप्रति समवेदना व्यक्त गर्नुभएको हो । अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा गत शुक्रबार निधन भएको हो । रासस