काठमाडौँ, चैत १ गते । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो पटक बैठक बसेको हो ।
बैठक पार्टी सभापति गगन थापाको अध्यक्षतामा ललितपुरको बीपी नगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बसेको हो । बैठकमा समानुपातिकतर्फका सांसदको नाम टुङ्गो लगाउने एजेन्डा रहेको छ । निर्वाचन आयोगले दिएको समयसीमाभित्र समानुपातिकतर्फको अन्तिम नामावली बुझाउनुपर्ने भएकाले कांग्रेसले आजै नामावली तय गर्ने तयारी गरेको हो ।
प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ १८ सिट जितेको कांग्रेसले समानुपातिकतर्फ २० सिट प्राप्त गरेको छ । बैठकमा पार्टीको चुनावी समीक्षा र आगामी रणनीतिबारे पनि छलफल हुँदैछ ।
कांग्रेस प्रवक्ता एवं केन्द्रीय सदस्य देवराज चालिसेले बैठकले समानुपातिकको नाम टुंगो लगाइने बताउनुभयो।