• ५ चैत २०८२, बिहिबार

लोकतन्त्रको उच्चतम अभ्यास निर्वाचन

blog

भाइबहिनीहरूलाई निर्वाचनका बारेमा अलिक कमै जानकारी हुने गर्दछ । निर्वाचनलाई जनबोलीको भाषामा चुनाव पनि भनिन्छ । विद्यार्थी जीवनमा पनि चुनावको अभ्यास कुनै न कुनै रूपमा गर्ने गरेका हुन्छौँ तर पनि विद्यार्थीलाई चुनाव रुचिको विषय रहेको पाइँदैन । उमेर बढदै जाँदा र क्याम्पसको विद्यार्थी बन्दासम्म त चुनाव हरेक विद्यार्थीको अग्रचासोका विषयवस्तु बनिसकेको हुन्छ । क्याम्पसमा हुने  स्वतन्त्र विद्यार्थी युनियनको चुनाव सामाजिक नेतृत्व क्षमता विकास गर्ने प्रतिस्पर्धाको अभ्यास हो । विद्यालयमा हुने अतिरिक्त क्रियाकलापसम्बन्धीका प्रतिस्पर्धा, सदन सदनबिच प्रथम स्थान हासिल गर्नका लागि हुने प्रतिस्पर्धा, शैक्षिक सत्रको अन्तिममा हुने वार्षिक परीक्षा प्रणाली अनुसार हुने कक्षा उन्नतिका लागि हुने प्रतिस्पर्धा आदि आदि । 

हाम्रो देशमा पनि यही २०८२ फागुन २१ गते बिहीबारका दिन निर्वाचन हुँदै छ । यस निर्वाचनबाट सातै प्रदेशका ७७ वटै निर्वाचन क्षेत्रका सबै १६५ वटा निर्वाचन क्षेत्रमा एकै पटक एकै समयमा मतदान गर्ने व्यवस्था मिलाइएको छ । यो निर्वाचन गराउने जिम्मेवारी नेपालको संविधान २०७२ ले निर्वाचन आयोग, नेपाललाई सुम्पिएको छ । यो निर्वाचनको औपचारिक नाम प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ हो ।  हाम्रो देशको सर्वोच्च विधायिकी संस्था संसद् हो र संसद् भन्नाले दुई वटा सभा प्रतिनिधि सभा र राष्टिय सभाको संयुक्त स्वरूप हो । दुई वटा सभामध्ये प्रतिनिधि सभामा सदस्यको सङ्ख्या २७५ रहेको छ भने प्रतिनिधित्वको स्वरूप पनि दुई किसिमको रहेको छ ।


१) पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली

मतदाताको प्रत्यक्ष मतदानबाट प्राप्त मतका आधारमा प्रत्येक निर्वाचन क्षेत्रमा  सबैभन्दा बढी मत प्राप्त गर्ने एक जना अर्थात् पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट  प्रत्येक निर्वाचन क्षेत्रबाट एक जनाको दरले १६५ जना सदस्यहरू ।

 

२) समानुपातिक निर्वाचन प्रणाली 

समानुपातिक निर्वाचन प्रणालीबाट राजनीतिक दलको बन्दसूचीमध्येबाट निर्वाचित हुने ११० जना सदस्यहरू ।

हाम्रो देशमा विशेष महत्वका साथ मनाइने होली पर्वको लगत्तै निर्वाचनको दिन परेको छ । हिमाल, पहाड र तराई क्षेत्रका सवै जसो मतदान केन्द्र प्रायः विद्यालय भवन नै कायम हुने गरेका छन । नेपाल सरकारले त्यस दिन सार्वजनिक बिदा दिने गर्दछ । 

तराईका जिल्लामा जनसङ्ख्या बढी भएका कारणले धेरै निर्वाचन क्षेत्र छन् भने पहाडी जिल्लामा थोरै निर्वाचन क्षेत्र छन् । सबैभन्दा बढी १० वटा निर्वाचन क्षेत्र कायम भएको जिल्ला काठमाडौँ हो भने एउटा मात्र निर्वाचन क्षेत्र कायम भएका जिल्लाको सङ्ख्या ३५ रहेको छ । काठमाडौँ उपत्यकाका तीन जिल्लामध्ये ललितपुरमा ३ र भक्तपुरमा दुई गरी जम्मा १५ निर्वाचन क्षेत्र रहेका छन । 

  • कोशी प्रदेशमा ३५,७४,३१० मतदाताले २८ जना प्रत्यक्षतर्फ प्रतिनिधि छान्दै छन् ।
  • मधेश प्रदेशमा ३६,३६,४१४ मतदाताले ३२ जना प्रत्यक्षतर्फ प्रतिनिधि छान्दै छन् ।
  • बागमती प्रदेशमा ३६,८२,३१० मतदाताले ३३ जना प्रत्यक्षतर्फ प्रतिनिधि छान्दै छन् ।
  • गण्डकी प्रदेशमा १८,७०,०६५ मतदाताले १८ जना प्रत्यक्षतर्फ प्रतिनिधि छान्दै छन् ।
  • लुम्बिनी प्रदेशमा ३३,८६,६८० मतदाताले २६ जना प्रत्यक्षतर्फ प्रतिनिधि छान्दै छन् ।
  • कर्णाली प्रदेशमा १०,३७,२५० मतदाताले १२ जना प्रत्यक्षतर्फ प्रतिनिधि छान्दै छन् ।
  • सुदूरपश्चिम प्रदेशमा १७,१६,६६० मतदाताले १६ जना प्रत्यक्षतर्फ प्रतिनिधि छान्दै छन् ।

यसरी कुल मतदाताको सङ्ख्या १,८९,०३,६८९ रहेको छ । पुरुष  मतदाताको सङ्ख्या ९६,६३,३५८ रहेको छ भने महिला मतदाताकाो सङ्ख्या ९२,४०,१३१ रहेको छ । अन्य मतदाताको सङ्ख्या दुई सय रहेको छ । जिल्लागत रूपमा हेर्दा सबैभन्दा बढी मतदाता कायम भएको जिल्ला रामेछाप हो भने सबैभन्दा कम मतदाता रहेका जिल्ला मनाङ हो । रामेछापमा एक लाख ८७ हजार ९५२ मतदाता कायम भएका छन् भने मनाङमा सात हजार मात्र । 

यसभन्दा अघि २०७९ सालमा सम्पन्न भएको चुनावमा भन्दा यस पटक देशैभरि गरी  ९,१५,११५ जना थप नेपाली नागरिकले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका छन् । यस चुनावमा जनसहभागिता र जागरूकता बढेको अहिलेदेखि नै अनुभूति गर्न सकिन्छ ।  


   मुना